२०७९ असार ९, बिहीबार ०७:२९

मधेश प्रदेश सरकारले युवा महोत्सव गर्ने भएको छ । महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयले दुई दिवसीय युवा महोत्सव गर्न लागेको जनाइएको छ ।

मन्त्री वीरेन्द्र प्रसाद सिंहले बुधवार पत्रकार सम्मेलन गरी असार १५ र १६ गते पहिलो मधेश युवा महोत्सव गर्न लागेको जानकारी दिए । उनका अनुसार जनकपुर उद्योग वाणिज्य संघमा ‘समुन्नत मधेश प्रदेशका लागि साझा अठोट’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । महोत्सवमा सहभागी हुने वडादेखि सबै पालिकामा पत्राचार गरिनेछ । युवाहरुमा सीप र दक्षता अभिवृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको मन्त्री सिंहले बताए ।महोत्सवमा प्रदेशको सम्भावना, अवसर र चुनौतीको बारे सर्वपक्षीय विमर्श । मधेशका युवाहरुले गरेको उदाहरणीय कामलाई प्रस्तुत गर्न मञ्च प्रदान गर्ने बताइएको छ ।

पहिलो दिन राजनीति, उद्यम, सामाजिक कार्य र पत्रकारिता क्षेत्रमा कार्यरत युवाहरुको कथा सुन्ने र संवाद गर्ने कार्य तालिका राखिएको छ । यस्तै, दोस्रो दिन यौन तथा प्रजन्न स्वास्थ्य र अधिकारको विषयमा अन्तरक्रिया र साझा प्रतिबद्धताको लागि आह्वान गरिने कार्यक्रम निर्धारण गरिएको छ । असार १७ गते महोत्सवको समीक्षा हुने जनाइएको छ । समीक्षा बैठकले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुपर्ने कार्यक्रम रहेको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

Comment

Related News