२०७९ असार ९, बिहीबार १५:४०

भारतको दिल्लीबाट रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आइपुगेको छ । मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै बिहिबार जनकपुरधामा आइपुगेको छ ।

धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सयबढी यात्रुसहित सो रेल जनकपुरमा पहिलो पटक आएको हो । जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव लगायत विभिन्न संघसंस्थमले भव्य स्वागत गरेका छन् ।

आज जनकपुरधाम आइपुगेका तीर्थालुहरु रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती लगायतका ठाउँहरु घुमफिर गरेर भोली सितामढी प्रस्थान गर्ने जनाईएको छ । तीर्थालुलाई हेर्न र स्वागत गर्न सयौँको संख्यामा स्थानीयवासीहरु रेल्वे स्टेशन पुगेका थिए ।

please subscribe our official youtube channel and support us.

Comment

Related News