२०७९ आश्विन ५, बुधबार ०७:०९

सुविधालिने र दिने कुरा दुवै विचारणीय पक्ष हुन् ।अहिले सरकारले नागरिकलाई धेरै किसिमको सुविधा दिइरहेको देखिन्छ । वास्तवमा सुविधा दिनुको अर्थ यो हो कि जसलाई आवश्यक छ उसले लिँदा राम्रो । हुन त आवश्यकता छ भनेर आवश्यकता नभएकाले पनि भन्न सक्छन् । यस्तो अवस्थामा राज्यले केही गर्न वा भन्न मिल्दैन किनभने राज्यले नियम बनाउने वा निर्देशन दिने हो । कतिपय अवस्थामा मानिस आफैँले बुद्धि, विवेक पु¥याएर निर्णय लिनुपर्ने हुन्छ । मानिसको सभ्यता भनेकै यहीहो तर कतिपय अवस्थामा यस्ता कुरालाई नजर अन्दाज गरेको देखिन्छ । र, पाउनेले नपाउने तथा नपाउँदा पनि हुनेले पाइरहेको अवस्था हुन्छ । यसले सुविधाको मर्मलाई पूरा गरेको हुँदैन । सुविधाको मर्म त सबैभन्दा पछाडि परेको वर्ग वाव्यक्तिले पाउने हो । उच्च नैतिकता तथा चेतनाभएको समाजमा आफूलाई विचार गर्दछन् र अरु सित तुलना गरेर पनि हेर्दछन् । जसलाई बढी आवश्यकता हुन्छ, सुविधाउनैलाई दिने वातावरण मिलाउँछन् तर हामी कहाँ भने अझै पनि समाज यस्तो हुन नसकेको देखिन्छ । अझै पनि हामी कहाँ जसरी पनि प्राप्त गर्ने प्रवृत्ति कायम रहेको छ । जसरी पनि आफूलाई अलिक बढी पाएको देखाउँदा राम्रो मान्ने वा आफूलाई ठूलो मान्ने मनोवृत्ति रहेको छ । यो अवस्थालाई केवल चेतनाले मात्र असल मार्गमा ल्याउन सक्छ तर जसले चेतनाको विस्तार गर्ने हो, त्यो अचेत भइरहेको वा अचेत रहेको देखिन्छ । वा, चेतनाको अग्रदूतबाट अचेतनको प्रकाश फैलिँदै गरेको देखिन्छ । जसले समाजमा चेतनाको दृष्टान्त बन्नुपर्ने हो, उनैले नै जब अचेतनाको लाइन लगाउन सुरु गर्दछन् भने अज्ञानताको बाक्लो पर्खाललाई भत्काउन सजिलो छैन भन्ने स्पष्ट हुन जान्छ । एउटा सामान्य उदाहरण हेरौँ । यदि कुनै संस्थाबाट अतिविपन्नका लागि कुनै सामग्री वा कोसेलीवा राहत आएको हुन्छ भने के तिनीहरुले मात्र पाउँछन् ? कि तिनीहरुले नपाई अरुले मात्र लिन्छन् । कति त यस्तो राहत पनि देखिएको छ जुन सम्बन्धित सम्म पुग्न नपाई हराएको छ । बिचैमा हराएको धेरै उदाहरणहरु हेर्न सकिन्छ । केही समय पहिले एउटा पालिकाले एउटा एनजिओसितको सहकार्यमा छुटेका बालबालिकाको लागि घरमै पुगेर जन्मदर्ता बनाइदिने अभियान संचालन गरेको थियो । यसलाई भव्यता पूर्वक सम्पन्न भएको पनि देखाइयो ।

राम्रो सफलता प्राप्तगरेको पनि देखियो तर एक दलित परिवारको भने सबै बालबालिकाको जन्मदर्ता बाँकी नै देखियो । अभियानको पूर्ण सफलता पछि यस्तो अवस्था किन आएको हो भन्ने कुरा बुझ्दा गज्जबको कारण फेला प¥यो । एउटा वडाबाट बसाईँ सरेर अर्को वडामा गएको परिवार रहेछ । बसाईँ सरेर जाँदा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका रहेनछन् । पालिकामा पुगेर म फलानो वडाको फलानो टोलबाट यसै पालिकाको फलानो वडाको फलानो टोलमा बसाइँ सरेर जाँदैछु भन्ने औपचारिक जानकारी नदिँदा उक्तदलित परिवार उक्त पालिकाको बासिन्दा जस्तै नभएको पाइयो । उक्त परिवारका बच्चाको जन्मदर्ता पुरानो वडामा हुनुपर्ने तर त्यो वडाको कार्यालय टाढा रहेकोले जानन चाहने तथाजुन वडामा बसोबास गरेको हो, त्यस वडामा कुनै कागजपत्र बसाईँ सराइको नदिँदा त्यहाँ जन्मदर्ता गर्न नमिल्ने । यही परिवेशमा उक्तपरिवारको आठ दशवर्ष बित्दा बालबालिका ठूलापरिवारको आठ दशवर्ष बित्दा बालबालिका ठूला

परिवारको आठ दशवर्ष बित्दा बालबालिका ठूला भइसकेका छन् । अब बालबालिका ठूला भएपछिविद्यालयमा भर्ना गर्नुपर्ने हो तर जन्मदर्ता छैन । साथै बालबालिकाले जुन पाउनुपर्ने बालपोषण भत्ता हत्यो पनि पाउन सकेको छैन । वास्तवमा यस्ता दलित र विपन्न वर्गलेनै सबैभन्दा बढी सुविधा पाउनुपर्ने हो तर झ्न अज्ञानताको महासागरमा डुबेको थाहा हुँदाहुँदै कोही किन खोजबिन गर्दैन ?आखिरमा यस्ता वगवा परिवारले पाउनुपर्ने आधारभूत सेवा र सुविधाबाटवञ्चित हुन पुग्दा कुनै अभियानको वा राज्यलदिने सेवातथा सुविधाको वास्तविक प्रयोग भएकोनहुनपनि सक्छ । आजको युगमा जन्मदर्ता नहुँदा अहिलेको सेवा र सुविधाबाट वञ्चित हुने अवस्था त हुन्छ नै साथै भविष्यमापनि यस्ता कतिपय सेवा र सुविधान पाउने अवस्था आउन सक्छ । नेपाली नागरिकताको प्रमाणपत्र बनाउन पनि समस्या आउने अवस्था आउन सक्छ । अँध्यारोमा उज्यालो देखिन्छ र उज्यालोमा अँध्यारोको एक थोपो छ भने पनि देखिन्छ तर अँध्यारोमा अँध्यारो फैलाउने केही देखिँदैन । यसै गरी दिउँसोको घमाइलो दिनमा कसैले टर्च लाइट बाल्दछ भने देखिँदैन वा बुझिँदैन । मूलतःउज्यालो देखिनु पर्ने हो । उज्यालोको प्रयोजन बुझिनु पर्ने हो । उज्यालोले आफ्नो काम गरेको स्पष्ट हुनुपर्ने हो । यदि यस्तो अवस्था हुँदैन भने उज्यालो फैलाउन गरिएको काम केवल प्रयोग हुन सक्छ । प्रयोग सार्थक हुन सक्छ तर प्रयोगशालाको सार्थक प्रयोगले व्यावहारिकता पाउनु आवश्यक छ । जब सम्म व्यावहारिक प्रयोग हुन्नतब सम्म सर्वसाधारणको लागि फाइदा बुझिँदैन । सबै वैज्ञानिक चमत्कारको फाइदा त गरिबहरुले पाउन सक्दैनन्, पिछडिएको वर्गले पाउन सक्दैनन् । आखिर कुनै एक दिन यस्तो पनि आउला जब यी र यस्ता समस्या केवल कथाहरुमा वा इतिहासका पानाहरुमा मात्र पढ्न पाइएला तर वर्तमानले जति धेरै प्रगति गरेको भएपनि तथा युगले जति धेरै विकास गरिसकेको भएपनि अझै यस्ता केही परिवार छन् जो धेरै सुविधाबाट वञ्चित छन्, सबै किसिमको उज्यालोबाट वञ्चित छन् । यस्तालाई मूलधारमाल्याउनु अहिलेको आवश्यकता हो भन्ने कुरो धेरैले बुझेका छन्, गर्नुपर्छ भन्ने पनि बुझेकाछन् तर कहीँ न कहीँ, कुनै न कुनै समस्या त अवश्य छन् जसले अझै पनि उज्यालोमा हुनुपर्नेहरु अझै अँध्यारोमै छन्, उनीहरु समक्ष उज्यालो पुग्न सकेको छैन ।

यसका कारणहरु पनि होलान् र कारणको निवारण पनि होला । कारणलाई निवारण गर्ने उपायको खोजीगर्नु परेको छ । कारणलाई नहटाएसम्म यस्ता समस्याहरुको जरो समाजमा रहिरहन्छ र जरो नहटेसम्म समस्याको बाहरी समाधानले सतहमा मात्र समाधान देखिन्छ । फेरि फेरि समस्या बल्झिरहन सक्छ । न्याय शास्त्रमा एउटा भनाइ धेरै प्रचलित छ – उनान्सय अपराधी उम्कियून् तर एक निरपराधले सजाय नपाओस् । यस सिद्धान्तले यो भन्दछ कि एक जना न्यायबाट नै अन्यायमा पर्नु भनेको न्याय माथि विश्वास कमहुनु हो । राज्यले दिइरहेका सुविधा र सेवामाथि सबैको हक छ । सबैले पाउनु पर्छ तर वास्तवमा जसको लागि सेवा र सुविधा जीवनको आधार हुन सक्छ, ती समक्ष पुग्नै पर्दछ । सेवा र सुविधाको उपभोग र उपयोग हुने वास्तविक ठाउँ नै तिनीहरु हुन् जो पाएर राज्यको वर्तमान मान्यता नुरुपको न्युनतम मूलधारमा आउन सजिलो हुन्छ । हैन भने जन्मदर्ता र नेपाली नागरिकताको प्रमाणपत्रको अभावमा आजको युगमा कोही नेपाली वास्तवमा आधारभूत आवश्यकता पूरा गर्न सम्भव छ । विद्यालय भवनको बलेसीको पानी आफ्नै छाप्रोमा चुहिएपनि शिक्षा कुनै प्वालबाट घरमा छिर्न सम्भव छ ? शिक्षा, सेवा र सुविधा यस्ता सिमान्त नागरिकका लागि आकाशको फल आँखा तरी मर भने जस्तै हुँदैन र ? हो, सचेतले असचेतलाई समयमै सहयोग गर्ने भनेकै यस्तैमा हो । हैन भने बलियाको राज्यहुने डर हुन्छ । टाठाबाठाले जुनसुकै नाममा आएको सुविधा र सेवा माथि अधिकार कायम गर्ने डर हुन्छ । यस किसिमले सेवा र सुविधाले विभेदलाई अझ बढी बढाउने डर हुन्छ किनभने सेवा र सुविधाले कुनै न कुनै किसिमले सम्पन्नता थपेको हुन्छ र अर्कोतिर जुनसुकै किसिमको विपन्नता होओस्, त्यसलाई कमगर्न सहयोग गरेको हुँदैन । अबको समयमाजो युगौँ देखि अन्धकारमा बाँचेका छन्, अज्ञानको पर्खालले जसलाई घेरेर राखेको छ, तिनीहरुका लागि अज्ञान र अन्धकारको पर्खाललाई कमजोर बनाउनु परेको छ, भत्काउनु परेको छ । वर्तमान परिवेशमा जुन न्युनतम आवश्यकता हो, त्यसलाई पूरा गराउन आवश्यक चेतनाको दियोले मनको अन्धकार कुनामा पनि प्रकाश पु¥याउनु परेको छ । र, जुन मनमा वा मनका कुनामा यस्ता अन्धकार प्रति सचेतना छैन वा असचेतना छ, ती मनका पनि अन्धकार कुनालाई उज्यालो हुनु परेको छ । भनिन्छ, सुतेकोलाई उठाउन सकिन्छ तर सुतेको स्वाङ पार्नेलाई भने उठाउन सकिँदैन । अब मुख्य गरी बौद्धिक क्षेत्रले भने यसको लागि यही समयमा विशेष पहल गर्नु परेको छ ।

Comment

Related News