अपडेट 
२०७९ आश्विन ६, बिहीबार ०७:२१

रौतहटको कटहरियामा बुधवारदेखि निःशुल्क आँखा परीक्षण केन्द्र सञ्चालनमा आएको छ ।

कटहरिया नगरपालिका–५ कटहरिया प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा परीक्षण केन्द्र सञ्चालनमा आएको छ । कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवाल र उपमेयर रीता देवी यादवको विशेष पहलमा उक्त निःशुल्क आँखा परीक्षण केन्द्र सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच मेयर जयसवालले बुधवार उक्त निःशुल्क आँखा परीक्षण केन्द्रको उद्घाटन गरेका छन् । मेयर जयसवालले उद्घाटन गरेसँगै बुधवारदेखि नै आँखा परीक्षण केन्द्र सञ्चालन भएको छ । नगरवासीको आँखा निःशुल्क रुपमा चेकजाँच गर्ने तथा सर्वसुलभ रुपमा आँखाको उपचार गर्ने उद्देश्यले कटहरियाका मेयर प्रकाशले कटहरिया स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा परीक्षण केन्द्र सञ्चालन गरेको जानकारी दिए । ज्योती भिजन फाउण्डेशन वीरगञ्ज पर्साको सहयोगमा निःशुल्क आँखा स्वास्थ्य परीक्षण सञ्चालनमा आएको जनाइएको छ । अब आँखाको उपचारको लागि बाहिर जानुपर्ने बाध्याता अन्त्य भएको भन्दै नगरवासी समेत निकै खुसी भएका छन् ।

Comment

Related News