२०७९ आश्विन ६, बिहीबार ०७:३४

नेपाली बृहत शब्दकोश अनुसार राजनीति भन्नाले प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणली निर्धारण गर्ने, राष्रट्रिय र अन्तर्राष्ट्रिय सन्तुलन गर्ने र यस्तै कार्य गर्ने नीति भन्ने बुझिन्छ । अझ सरल भाषामा भन्दा राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त भनेर भन्न सकिन्छ । जनता, देश र राजनीतिबिच अन्तर सम्बन्ध रहेको हुन्छ । किनकी जनता बेगरको देश र देश बेगरको राजनीतिको परिकल्पना समेत गर्न सकिदैन ।यसकारण हरेक राजनीतिज्ञ देश र जनता प्रति नैतिकवान (इमन्दार) नरहेसम्म देश र राजनीतिले सहि गति र दिशा लिन नसक्नेमा कुनै शंका छैन् । राजनीति केका लागि गरेको ? जोगी बन्नीलाई हो र । नेपाली राजनीतिमा निकै चर्चित भनाई हो यो । तर जोगी बन्नल राजनीति नगरेको भएपनि सेवा गर्न त हो नि।जिवनको अन्तय काल सम्म मन्त्री र प्रधानमन्त्री बन्न लाई मात्र राजनीति गरेको पनि त होईन होला।हामि सबैलाई थाह छ राजनीतिमा आएका पात्रहरुले राजनीतिलाई सेवाको रुपमा लिने गरेका छन् की पेसाका रुपमा अपनाएका छन् ? तिनीहरुले भन्ने सेवा भने पनि अधिकांशले राजनीतिलाई सेवा होइन पेसा नै बनाएका छन् । नेपालको राजनीतिमा आएका अधिकांश पात्रले छिटो आर्थिक प्रगति गरेका छन्। अन्य पेसा अपनाएर दिन रात मेहनत गर्नेहरु भन्दा तिनीहरुकै जिवनशौली उच्च छ।कुनै पेसा छैन् , आम्दानीको देखिने कुनै स्रोत छैन्, पुर्खौली सम्पत्ति पनि त्यति ज्यादै छैनतर काठमाण्डौकमा आलिसान बंगला ठडयाएका छन्, सानदार गाडी चढेका छन्, दश बिस जनालाई अगाडी पछाडि लगाएर हिँडन सक्ने तागत छ, र भडकिलो जिवनशौली छ । राजनीतिमा त्यागी , दानी, योगी र ज्ञानि ब्यक्ति छँदै छैनन् भने होईन । तर त्यस्ता ब्यक्तीहरु ठाउँमा पुग्नैि सकेका छैनन्। तिनीहरुको जमात सानो र छरिएर विभिन्नँ पार्टिमा रहेका कारण राजनीतिमा भएपनि अवसर पाउन सकेका छैनन्। पार्टिले मन्त्री र प्रधानमन्त्री दिने भएकोले तिनीहरुले अवसरनै पाउन सकेका छैनन्। पार्टिका नेता कार्यकर्तालाई आफ्ना झोले बनाउन सकेकाहरु पटक पटक मन्त्री र प्रधानमन्त्री भएका छन् तर कतिपय असल पात्रहरु त्यस्ता अवसरबाट बन्चित छन् । एउटा ब्यक्तिले कति पटक अवसर पाएमा आफ्नो क्षमताको प्रदर्शन गर्न सक्छन् ? यो गम्भिर प्रश्न हो नेपाली राजनीतिको।

यहाँ पटक पटक अवसर पाएर पनि केही सुधार समेत गर्न नसकेकाहरु चमत्कार गर्ने आश्वािसन बाँडेर पुनः अवसर माग्ने खेति गरि रहेका छन् र तिनीहरुको खेति मज्जाले फस्टाएको पनि छ। एक जना पात्रले मन्त्री हुँदा सिन्को समेत भाँच्न सकेन भने त्यही पात्र प्रधानमन्त्रीको लागि कसरि असल पात्र हुन सक्छन्? एकपटक प्रधानमन्त्री हुँदा जन चाहना अनुसारको काम गर्न नसकेका पात्र अब प्रधानमन्त्री भएमा चमत्कारनै गर्ला भनेर पत्याउने हामि कस्ता जनता ? ती पात्रहरुको क्षमता र ब्यक्तित्वमा कस्तो परिवर्तन आयो र हामि तिनीहरुलाई पुनः देशको बागडोर सम्हाल्ने जिम्मा दिन खोज्दै छौं ? आम मतदाताले यी र यस्तै प्रश्ननको जवाफ खोजेर आफ्नो मतको सदुपयोग गर्न सक्नु पर्छ । नभए मतदाताले आफ्नो मत दुरुपयोग गरेको भन्दा फरक नपर्ला । हाम्रा ठूला भनिएका सबै दलको नेतृत्वले साठी काटिसकेका छन्। तिनीहरु सबैले सत्तामा बसेर शासन चलाई सकेका छन्। तर पनि तिनीहरुको सत्ताको प्यास मेटिएको छैन्। आफ्नो क्षमताले भ्याएसम्मको प्रयास गरि सकेका पात्रहरु किन आफ्नै दलका अरु पात्रलाई अवसर दिन खोज्दैनन् ? के यसको चित्तबुझदो जवाफ छ हाम्रा शिर्ष नेताहरुसँग ? पक्कौ छैन होला ? तँपाई पुनः किन प्रधानमन्त्री हुन खोज्नु भएको प्रश्नन सोध्दा, कसैलाई ज्योतिषले यति पटक प्रधानमन्त्री हुने भनेर भनेकोले त कसैलाई आफु कति पटक प्रधानमन्त्री भए भनेर रेकर्ड कायम गर्न बाहेकको जवाफ पाउन मुश्किेल छ । उमेरले पाका भेसकेका पात्र प्रधामन्त्री हुनै हुदैन भने पनि होईन। उमेरले पाका भए पनि काम गर्न सक्ने क्षमता छ।तिनले आफ्नो क्षमता प्रदर्शन गर्ने कुनै अवसर पाएकै छैनन्। साथै ती ब्यक्ति आफू प्रधानमन्त्री भएमा आफुलाई अब्बल सबित गर्न सक्ने प्रयाप्ती आधार छ भने सबैले त्यस्ता ब्यक्तिलाई सहयोग पनि गर्नु पर्छ। तर अब कुनै हालतमा आफ्नो क्षमताको प्रदर्शन गरिसकेका पुनः मञ्च् दिने काम गर्नु हुदैन । नेपालमा बारम्बार सरकार र मन्त्रीहरु फेरिए पनि जन अपेक्षा, चाहना र आवश्यकता अनुसारको काम हुन सकेको छैन्।अहिलेपनि आधारभुत आवश्यपकताको रुपमा रहेको आधारभुत शिक्षा, स्वास्थ्यभ, सरसफाई, शुद्ध खानेपानी, रोजगार र सिँचाई आदिको माग जनताले गरी रहेकै छन्। दलहरुको चुनावी एजेण्डाक पनि यिनै हुने गरेका छन् तर जनताको माग पुरा हुन सकेको छैन्। यही कारणले शासन प्रणाली माथिनै प्रश्नन उठन थालेको छ पछिल्लोा समयमा। हामिले व्यवस्था फेरयौं तर पात्र फेरेनौं।

हाम्रो गल्ति यँही भयो। व्यवस्था फेर्न यी पात्रहरुको पनि ठुलो योगदान रहेको छ। यी पात्रहरुले व्यवस्था फेरे तर आफ्ना चरित्र फेर्न सकेनन्।यी पात्रहरुले जे को बिरुद्धमा संघर्ष गरेका थिए , आफु सत्तामा पुगेपछि त्यही गर्न थाले। व्यवस्था परिवर्तनको अनुभुति समेत जनताले गर्न नसक्नुको मुल कारण यही हो । पछिल्लो डेढ दशककै समयमा यतिका धेरै सरकारहरु परिवर्तन भए तर कुनै सरकारले आफुलाई लोकप्रिय र अरुभन्दा फरक साबित गर्न सकेनन्। हाम्रो बिडम्बनानै सरकार र मन्त्री परिवर्तन हुने तर देश र जनताले सरकार र मन्त्री परिवर्तन भएको अनुभुनि समेत गर्न नपाउनु रहेको छ।पछिल्लो समयको कुरा गर्ने हो भने २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चा त दुई तिहाइ बहुमतको प्रधानमन्त्री एमेले अध्यपक्ष ओली भएका थिए ।तर दुई तिहाईको शक्तिशाली सरकारले पनि केही अविस्मरणीय काम गरेर आफुलाई अब्बल सावित गर्न सकेनन् । न त आफ्नो अब्धिनै पुरा गर्न सक्यो ।ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर देउवाको नेतृत्वमा वर्तमान सरकारको गठन भयो। उनले पनि अध्यादेशबाट शासन चलाउने ओलीको पथलाई नै पछ्याए।ओलीलाई विस्थापित गरेका देउवाले सरकार परिवर्तन भएको महशुस समेत गराउन सकेनन् जनतालाई । मुलुकमा विकास निर्माणको काम करिब करिब ठप्प छ भने महँगीले नेपालीको भान्सामा चुल्होनै बल्दैन कि जस्तो अवस्था छ।देश पशुपतिनाथको भरमा चलेको जस्तै चल्दै छ । नेपालले प्रजातन्त्रिक यात्राको सुरुआत गरेको सात दशकभन्दा बढी, बहुदलीय व्यवस्था आएको तीन दशकभन्दाप बढी र लोकतन्त्रु आएको डेढ दशकभन्दाभ बढी भयो। यी व्यवस्थाहरुमा दलहरु अभ्यस्त भएको यतिको समय भैसक्दा पनि दलहरु आफुलाई नै व्यवस्थित गर्न सकेका छैनन् , न त सत्ता स्वार्थभन्दा माथिनै उठन सकेका छन्। अहिलेसम्म दलहरुले लोकतन्त्राका आधारहरु कानुनी शासन, बहुमतको शासन र अल्प मतको कदर, प्रतिस्पर्धात्मक चुनषव, वाक् स्वतन्त्रता, समावेशीकरण र सकारात्मक विभेद, पारदर्शिता तथा जवाफदेहिता, मानव अधिकारको सुरक्षा, न्यायिक स्वतन्त्रता, समाजिक न्याय, सुशासनको प्रत्याभुती आदि नै पूर्णरुपमा पुरा गर्न सकेका छैनन्। अहिले पनि एकतर्फ अदालतले दलहरुलाई विधिको शासनको पाठ पढाउनु पर्ने र अर्कोतर्फ अदालत आफै विवादमुक्त हुन नसकेको अवस्था कायम नै छ । नेपाली राजनीतिको विवादको मुल जरो प्रधानमन्त्री तथा मन्त्री को हुने र भागबण्डो नै रहेको छ। हरेक राजनीतिक दल गट र समुहमा बिभाजित छ।गुट र समुहपिच्छै फरक स्वार्थ रहेको छ ।

सत्तामा पुग्न र पार्टिबाट आफ्नो पक्षमा निर्णय गराउन शिर्ष भनिएका नेताहरुनै गुट र समुहको नेतृत्व गर्ने गरेका छन्। देश र जनता भन्दा पार्टिको , पार्टिभन्दा गुटको र गुटभन्दा आफ्नै चिन्ता गर्ने प्रवृती राजनीतिक नेतृत्वमा छ । कुनै राजनीतिक दलमा नेतृत्वले गरेको गल्तीलाई गल्ती भन्न सक्ने अवस्था छैन दलहरुभित्र। कोही कसैले पार्टि नेतृत्वलाई सचेत गराउने हिम्मत समेत गरेमा ती ब्यक्ति राजनीतिबाट विस्थापित हुनु पर्छ की पार्टिको महत्वपूर्ण जिम्मेवारीबाट बन्चित हुनु पर्छ। नेतृत्वले दलहरुमा यसरी कब्जा जमाएर बसेका छन् की नेतृत्वको निर्णयलाई चुपचाप नमानि सुखै छैन्। दलहरुको नेतृत्वमा यस्ता प्रवृति कायम रहेसम्म सही ठाउँमा सही ब्यक्ति पुग्नै सक्दैनन्। सही ठाउँमा सही ब्यक्ति नपुगी देश र जनताको पक्षमा काम हुनै सक्दैन ।पटक पटक सत्ता परिवर्तन भएपनि मुलुकको अवस्थामा कुनै परिवर्तन आउने छैन् । नयाँ संबिधान अनुसार निर्वाचित भएका प्रतिनीधिसभा सदस्यहरुको पाँचबर्षे कार्यकाल बडो उत्तारचढावपूर्ण कार्यकालको रुपमा भर्खरै सकिएको छ। कानुन बनाउन जनताबाट निर्वाचित प्रतिनिधिहरु कतिपय महत्वपूर्ण कानुनहरुको कुनै टुंगो नलगाईकनै बिदा भएका छन्। प्रतिनिधीसभाको पछिल्लो कार्यकालै कुरा गर्दा ७५ विधेयक सभाबाट पारित भयो भने ४९ अध्या देश ल्याएर सरकारले आफ्नो तजबिजमा शासन चलाए । दुई पटक विघटन र नै महिना अवरोधको सामना गरेको प्रतिनिधिसभा २७ विधेयक निष्क्रि य पारेर बिदा भयो ।संबिधान अनुसारका अन्य कानुन बनाउन प्रतिनिधिसभाको यो कार्यकाल निकै महत्वपूर्ण थियो तर प्रभावकारी हुन सकेन । आम मतदाताले अघिल्लो प्रतिनिधिसभाको जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेकै व्यवस्थापिका चाहेका छन् भने केही छैन्। नभए आम मतदाताले आफ्ना प्रतिनिधिको विकल्प खोज्नु पर्ने हुन्छ । उमेरले पनि आराम गर्न भनेकाहरुलाई प्रधानमन्त्री बनाउने गरी कहिलेसम्म आफ्ना प्रतिनिधिहरु छानि रहने। राजनीतिक दलहरुलाई प्रधानमन्त्रीमा नयाँ र सक्षम ब्यक्तिलाई अगाडी सार्न आम मतदाताले बाध्य पार्न सक्नु पर्छ। सक्षम प्रधानमन्त्री र मन्त्री दिन नसक्ने ब्यक्तिलाई आफ्नो प्रतिनिधि छानेर कुनै काम छैन् । यसै वर्ष भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित केही जनप्रतिनिधिहरुले आम जनताको वाहवाही पाउन सफल भएका छन्। तिनीहरुले जनताको वाहवाही पाउन आफ्नो जिम्मेवारी पुरा गरदिए पुगेको छ।नेपालको लागि यस्तै बिना भेदभाव, कसैको डर त्रास र कुनै लोभ लालच बिना आफ्नो जिम्मेवारी पुरा गर्न सक्ने जनप्रतिनिधिहरुको आवश्यीकता छ। यस्ता ब्यक्तिहरुबिच ध्रुविकरण हुन त्यतिनै आवश्यगक छ। ब्यक्ति असल छ तर पार्टि नेतृत्वको दास छ भने काम लाग्दैन । किनकी तीनले प्रधानमन्त्री बनाउने भनेको तिनै परीक्षित पात्रलाई नै हो।

जोशासन सत्ता हातमा लिन र चलाउन पनि जानेका छन्तर देश र जनताको पक्षमा नयाँनयाँ काम गर्न जान्दैनन् , चाँहदैनन् । अब सिंहदरवारमा झुण्ड्निे फोटो नयाँ होस् भनेर सिंहदरबारले पनि खोजेको छ । आम जनता जस्तै सिंहदरवार पनि पूराना फोटाहरुबाट वाक्क र दिक्को भैसकेको छ। सिंहदरवारको कुर्सिले पनि नयाँ ब्यक्तिलाई आसन दिन चाहेको छ। सिंहदरवारले खोजेको फोटो दिन आम मतदातसँगसँगै राजनीतिक दलका दोस्रो तहका भनिएका नेताहरु पनि अगाडी सर्नु पर्छ । प्रधानमन्त्री हुने क्षमता भएका ब्यक्तिहरु अब पनि पालो कुर्दै बस्नु हुदैन्। तिनीहरुले नेतृत्वको लागि पार्टिमा हस्तक्षेप गर्न सक्नु पर्छ । शिर्षनेताहरु नेतृत्व हस्तान्तारण गर्न तयार नभए बिद्रोह गर्न समेत तयार हुनु पर्छ। सिंहदरवारले खोजेको फोटो दिन नेता देखि आम मतदाता सबैले आ–आफ्नो ठाउँबाट प्रभावकारी भुमिका खेल्न सक्नु पर्छ । शिर्ष नेताहरु आफ्नो विकल्प दिन तयार हुनु पर्छ ।

Comment

Related News

Latest News

Trending News