अपडेट 
२०७९ आश्विन ६, बिहीबार ०७:५५

महोत्तरी जिल्लाको भंगहा नगरपालिकामा राष्ट्रपतिको असंवैधानिक कदम विरुद्धमा नेपाली कांग्रेस भंगहा नगर समितिले विरोध जुलुस प्रदर्शन गरेको छ ।

स्थानीय नेता कार्यकर्ताहरुले निकालेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी भंगहा बजारमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्वोधन गर्दै स्थानीय नेता कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कद्म असंवैधानिक रहेको बताएका थिए । उनीहरुले राष्ट्रपति जनताको नभई नेकपा एमाले पार्टीको रहेको स्पष्ट भएको आरोप समेत लगाएका थिए । तत्कालीन नेकपा एमालेका सरकारले अध्यादेशबाट ल्याएको नागरिकता विधेयक तुरुन्त प्रमाणीकरण गर्ने तर अहिले आएर बाहानाबाजी गर्नु लोकतन्त्रको उपाहास रहेको उनीहरुले गुनासो गरेका थिए । दुई दुई पटक प्रतिनिधिसभा र राष्ट्रियसभावाट पारित भएर प्रमाणीकरणकालागि राष्ट्रपति समक्ष विधेयक पुग्दा पनि आफ् ना केही मधेश विरोधी नेता कार्यकर्ताको जालझेलमा परेर राष्ट्रपतिले चालेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस मधेशमा मात्रै नभई पहाड र हिमालमा पनि आन्दोलनको आन्धीवेरी ल्याउने चेतावनी दिएका थिए ।

Comment

Related News