२०७९ आश्विन ६, बिहीबार १२:०९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विदेह नगरपालिकाका सबै नेता कार्यकर्ता पूर्वमन्त्री उमाशंकर अरगरियासँगै नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

अरगरिया लोसपाका प्रमुख सचेतक तथा धनुषा २ बाट निर्वाचित संघीय साँसद हुन् । उनले एमालेमा प्रवेश गर्ने निर्णय लिएपछि विदेह नगरदेखि वडासम्मका लोसपा नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न सहमत भएका छन् ।

लोसपा विदेह नगरपालिकाको नगर कमिटी अध्यक्ष प्रमोद कुमार मण्डलले पूर्वमन्त्री अरगरियासँगै वडा तहसम्मका कार्यकर्ता एमालेमा प्रवेश गर्ने जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली अरगरियालाई प्रवेश गराउन असोज ८ गते विदेह नगरपालिकाकै तिनकोरिया चोक आउँदै छन् ।

Please subscribe our official youtube channel and support us.

Comment

Related News