अपडेट 
२०७९ आश्विन १२, बुधबार ०६:५६

४३ औँ विश्व पर्यटन दिवसको अवसरमा जनकपुरधाममा विभिन्न निकायहरूको सहभागितामा जनचेतना मूलक प्रभातफेरि कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

जनकपुरधामको रेल्वे स्टेसनबाट शुरु भएको प्रभातफेरि नगरको विभिन्न भागहरूको परिक्रमा गर्दै जनक चौकमा पुगेर सम्पन्न भएको छ । मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, होटल व्यवसायी संघ, जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले प्लेकार्ड, ब्यानर तथा झाँकी सहित नगरको परिक्रमा गरेका थिए । जनकपुरधामको जनक चोकमा आयोजना गरिएको प्रभातफेरि कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले कोरोनाका कारणले शिथिल बनेको पर्यटन क्षेत्रको विकासका लागि मधेश प्रदेश सरकारले प्रदेशको ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षणका लागि पर्याप्त बजेट विनियोजन गरेको बताए । उनले मधेश प्रदेशको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धनुषाको जानकी मन्दिर, महोत्तरीको रौजाबजार, सिरहाको सलहेश फूलबारी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई तथा पर्सा जिल्लाको गहवा स्थानको विकासमा पर्याप्त मात्रामा बजेट विनियोजन गरेको बताए । पर्यटनमन्त्री महतोले पर्यटन क्षेत्रको विकास विना मुलुक तथा प्रदेशको विकास कठिन भएकाले प्रदेश सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेर विभिन्न जिल्लाहरूमा पर्यटन कार्यालय स्थापना गरेको बताए। जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले जनकपुरधाममा आउने धार्मिक पर्यटकलाई टिकाउनका लागि १५ दिने मिथिला परिक्रमा मार्गमा पर्ने ११ वटा विश्राम स्थललाई त्यसको धार्मिक तथा सांस्कृतिक महत्व झल्काउने गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ११ वटा पालिकाहरूसँग सहकार्य उपमहानगरपालिकाले अगाडि बढाएको जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रका अतिरिक्त विद्यालयका विद्यार्थीहरू, नागरिक समाज, होटल व्यवसायी तथा सामाजिक क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो । यसैबीच, महोत्तरीमा भारतीय पाहुनालाई सीमामै स्वागत गरेका छन् । विश्व पर्यटन दिवसका अवसरमा नेपाल होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीले नेपाल भित्रिने भारतीय पर्यटकलाई सीमा नाकामै स्वागत गरेका थिए । सङ्घका पदाधिकारीले जिल्लाको भारतीय सीमावर्ती प्रवेश नाका भिठ्ठामोरमा नेपाल भित्रिने यात्रीलाई पूmलमाला लगाई मिठाई ख्वाएर स्वागत गरेका थिए । जिल्लाका नेपाल भारत दोहोरो आवागमनका नाकाहरु सम्सी र मटिहानीमा पनि भारतीय पाहुनालाई स्वागत गरिएको छ ।

दिवसका अवसरमा सङ्घले जिल्लाभित्रका सबै होटल तथा लजहरुमा विशेष छुटसहितको सेवा घोषणा गरेको छ । सेप्टेम्बर २५, २६ र २७ का लागि खानेपिउने कुरामा १५ र आवासमा २५ प्रतिशत छुट दिइने सङ्घका जिल्ला अध्यक्ष सुदीप कार्की ‘रेवन्त’ले जानकारी दिए । यो सेवा जिल्लाका सबै होटल तथा लजले दिइरहेका छन् । सबै ग्राहकका लागि यो सुविधा दिइएको सङ्घले जनाएको छ । दिवसका अवसरमा बर्दिबासमा पञ्चेबाजासहितको विभिन्न वेशभूषाको सांस्कृतिक ¥याली आयोजना गरिएको थियो । ¥यालीमा होटल व्यवसायी, उद्यमीव्यापारी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय सर्वसाधारणको उपस्थिति थियो । सङ्घले बर्दिबास हटियाचोकमा नगर सरसफाइ कार्यक्रम पनि सम्पन्न गरेको छ । त्यस्तै, सर्लाहीका होटल तथा पर्यटन व्यवसायीहरुले नेपाल भ्रमण गर्न आएका भारतीय अतिथिलाई सर्लाहीको मलंगवा स्थित नेपाल–भारत सीमा क्षेत्रमा स्वागत गरेका छन् । मंगलबार बिहान जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा र मलंगवा न.पा वडा न–८ का वडाअध्यक्ष मुकेश जयसवालको अगुवाईमा जिल्लाका होटल व्यवसायीसहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरु लगायत नेपाल र भारत दुबै देशका संचारकर्मीहरु भारतबाट आएका अतिथिहरुलाई नेपाल प्रवेश गर्ने नेपाल–भारत सिमाक्षेत्र(दशगजा)स्थित भन्सार कार्यालय मलंगवा अगाडि खाँदा लगाएर मिठाई खुवाई स्वागत गरेका थिए । नेपाली भूमिमा प्रवेश गरे लगत्तै पाएको न्यानो स्वागतले भारतीय पाहुनाहरु दङ्ग परेका थिए । मलंगवा नाका नेपालतर्फको धार्मिक तथा ऐतिहासिक पर्यटक स्थल सर्लाहीको बागमती स्थित भरत ताल,नुनथर, जनकपुरघामको जानकी मन्दिर,बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई,सिन्धुलीगढी,हेटौंडा ,पोखरा ,काठमाण्डु लगायतका ठाउँहरुमा पुग्ने मुख्य नाका भएकोले यहाँबाट हजारौं भारतीय पर्यटकहरु विभिन्न सिजन तथा उत्सवमा नेपाल घुम्न आउने गरेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले गएको आइतवार जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अगुवाइमा भारतीय पर्यटकहरुको स्वागतका लागि नेपाल भारत सिमा छुट् याउने जंगे पिलरदेखि जिल्ला भन्सार कार्यालयसम्मको सडकको सरसफाइ समेत गरेका थिए ।रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता ।

Comment

Related News