अपडेट 
२०७९ आश्विन १२, बुधबार १६:४८

आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा महिला सहभागिताको विषयमा जनकपुरधाममा एक कार्यक्रमकाबीच बहस भएको छ ।

महिला सशक्तिकरण अभियानले जनकपुरधाममा मंगलबार र बुधबार गरेको छलफलमा प्रतिनिधिसभा र राष्ट्रसभाकी महिला सांसदहरुले महिलालाई समानुपातिकमै मात्र नभएर प्रत्यक्षमा पनि उक्तिकै अवसर दिनुपर्नेमा जोड दिएकी छिन । कर्णाली प्रदेशदेखि लिएर मधेस प्रदेशसम्मकी उपस्थित महिला सांसदहरुले महिला नेतृत्वहरुलाई प्रत्यक्षमा पनि आफ्नो सहभागीत जनाउनका लागि आवाज उठाउन आवश्यक रहेको बताएकी छिन । बहसमा राष्ट्रियसभा सदस्य प्रमिला यादवले महिला खाना पकाउने र बच्चा जन्माउने मेसिन रहेको मानसिकतालाई त्यागे गर्नु पर्ने बताउँदै यसबाट माथी नउठेसम्म परिवर्तन सम्भव नभएको बताईन । महिलालाई तोकिएको ३३ प्रतिसत अधिकार पनि नपाएको अवस्थामा निर्वाचन आयोगलाई आफ्नो सशक्त भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको उनले बताईन ।

कार्यक्रममा बाल्दै महिला नेतृ विभा ठाकुरले आफू विगत लामो समयदेखि मधेश र मधेसीको हक हितका लागि लडाई गर्दै आएतापनि आससम्म कुनै राजनितिक पद पाउन नसकेको र जसले चाकरी गर्दै आएको अरु नेताको पछुवाहरुले विभिन्न पद पाउने गरेको गुनासो पोखिन । उनले अहिलेको राजनितक अवस्थामा सहि सोच्ने सहि गर्ने भन्दा पनि, जिहजुरु गर्ने, पैसा र पावर हुनेहरुले पद पाउने गरेको आरोप लगाईन ।

Comment

Related News