अपडेट 
२०७९ आश्विन १३, बिहीबार ०६:५४

जनकपुरधाम ।मधेश प्रदेशको विहीबार बस्ने ‘केबिनेट बैठक’लाई नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका रामसरोज यादवले बहिष्कार गर्ने भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउत र यादवबीच केही महिनादेखि सम्बन्ध बिग्रिएको छ ।मन्त्री यादवले केबिनेट बैठकको निर्णय कार्यान्वयन नै नहुने भएपछि बैठकमा जानुको औचित्य नरहेको बताए । ‘मुख्यमन्त्री राउतले मौखिक निर्देशनको भरमा काम गराउन चाहेका छन्’ उनले भने, उनको निर्देशन कार्यान्वयन गर्ने निकायबाट कुनै प्रतिक्रिया नै आउँदैन् । स्रोतका अनुसार मुख्यमन्त्री राउतले भनेको योजना भौतिक पूर्वाधार मन्त्री यादवले कार्यान्वयन नगर्दा विवाद चर्किएको छ ।राउतको सहमति बिना नै उनको क्षेत्रमा भौतिक पूर्वाधार मन्त्रालयबाट कयौं योजनाहरु कार्यान्वयन भएका छन् ।त्यसबाट राउत आक्रोशित बनेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment

Related News