अपडेट 
२०७९ आश्विन १३, बिहीबार ०६:५७

चिनिया कम्युनिष्ट पाटीका एक पूर्व प्रभावशाली नेता तथा पार्टीको अनुशासनात्मक कारवाही पश्चात निर्वासनमा जीवन विताइरहेका काई झियाले चिनिया कम्युनिष्ट पार्टीको संरचनात्मक अवस्था, पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन प्रणाली र देशका वर्तमान राष्ट्रपति सि जिनपिंगको राजनीतिक सफलताका बारेमा सुक्षम विश्लेषण गर्दै धेरै कुराको रहस्योद्घाटन गरेका छन् ।

चिनिया राष्ट्रपति शी जिनपिंग आफूलाई जतिसुकै सफल र शक्तिशाली चिनिया नेताको रुपमा र एउटा कुशल शासकको दावी गरेपनि यथार्थमा उनको यस गर्वोन्माद र अहंकारले चीनलाई अप्रत्याशित खतराको संघारमा पु¥याइरहेको उनले दावी गरेका छन् । धेरै समय भएको छैन जब उनले आफूलाई सपलताको शिखरमा पु¥याउन सकेकोमाआत्ममुग्ध थिए । चिनिया कम्युनिष्ट पार्टीमा पनि आफ्नो वर्चस्व कायम गर्न उनी सफल भएका छन् । यहाँसम्मकि आफूलाई चिनिया कम्युनिष्ट पार्टीका र देशका महान नेता माओत्सेतुङको समकक्ष उभ्याउन अथवा उनी भन्दा पनि शक्तिशाली बनाउन राष्ट्रपति पदको सिमालाई नै हटाउने काम गरेका छन् अब तेस्रोपटक राष्ट्रपति बन्ने कुरामा शंका रहेन । कतिपयले त उनी बाँचुञ्जेलसम्म नै राष्ट्रपतिको पदमा रही रहने महत्वाकांक्षा पालेको आरोप पनि लगाइरहेका छन् । शीले आफ्नो देशमा गरिबी कम भएको दावी गरेका छन् । अन्तराष्ट्रिय जगतमा देशको प्रतिष्ठा बढाउने काम आफूले गरेको दावी पनि उनले गरेका छन् । चीनले प्रगतिको नयाँ उचाई हासिल गरेको उनी ठान्दछन् । कतिपय चिनियाहरुको निम्ति शीको बलियाृे रणनीति राष्ट्रिय पुनरुद्धारको स्वीकार्य मुल्य पनि थियो । बाह्य रुपमा शीलाई अहिले पनि यस कुरामा विश्वास रहेको छ शायद त्यही भएर होला सन् २०२१ मा एउटा सम्बोधनमा उनले चीनलाई अजेय(अपराजित) घोषणा गरेका थिए तर उनको दावी र शक्तिमाथि विश्वास नराख्ने चिनियाहरु अहिले पनि परोक्षरुपमा उनको शक्तिमाथि प्रश्न उठाइरहेका छन् । सामूहिक शासनको लामो चिनिया परम्परालाई परित्याग गरी र माओत्सेतुङलाई घेर्ने व्यक्तित्वको स्मरणलाई समेत पुनरावृत्ति हने गरी पाटीको अदृश्य सूत्रहरुलाई सूचिकृत गर्ने काम उनले गरेको आरोप पनि छ । यसैबीच नीतिगत रुपमा नै गलत पाइलाहरु चालिएका कारण तिनका समर्थक पनि दुःखी र निराश हुँदै गएका छन् ।

शीको आर्थिक सुधारको असफलता र कोभीड– १९ महामारीप्रतिको हलुको र गैरजिम्मेवार प्रतिक्रियाले साधारण जनताका नायकको उनको छविलाई ध्वस्त पार्ने काम गरेको छ । यसको दुष्परिणाम भनेको सिपिसीको गुटहरुमा आक्रोश बढ्दै जानु हो । काइझिया आफ्नो निजी अनुभव र पीडालाई पोख्दै सिसीपीका कतिपय कमजोरपक्षको पनि उजागर गरेका छन् । करिब डेढदशकसम्म सिपसिीको केन्द्रीय स्कूल विभागमा प्रध्यापकको रुपमा काम गरको र सिपिसीको नेतृत्व पंक्तिमा रहेका उनले सिपिसीका उच्च तहका हजारौं नेतालाई प्रशिक्षण दिएको दावी गर्दछन् । उनीबाट प्रशिक्षित हजारौं कार्यकर्ता अहिले चीनका विभिन्न सरकारी उच्च पदमा शुशोभित छन् । आफ्नो कार्यकालका दौरान स्कुलमा प्रशिक्षणका बेला पार्टीको निर्माण गर्न अनेकौं नेतालाई सुझाव दिएको दावी गर्दछन् । २०२० मा शीको आलोचना गरेका कारण आफूलाई पार्टीबाट निकाल्ने काम भएको र आफ्नो पेन्सनलाई समेत खोसी सुरक्षामाथि पनि खतरा आउनसक्ने चेतावनी दिने काम भएको काइ झियाको आरोप छ । आफू अब संयुक्त राज्य अमेरिकामा निर्वासनमा बस्दै आएको भए पनि स्वदेशका आफ्ना चिनिया मित्रहरुको सम्पर्कमा अहिले पनि रहेको दावी गर्दछन् । सिसिपीको २० औं नेशनल पार्टी काँग्रेसमा ह्रास आएको भएपनि आफूलाई तेस्रो कार्यकाल प्राप्त हुनेमा शी ढुक्क छन् । पार्टीकै केही शीर्षपंक्तिका नेताहरु उनको विरोधमा रहेका कारण शीको प्रस्ताव निर्विरोध पार्टी हुने अवस्था त छैन तर पनि उनी सफल हुनेमा संका छैन । उनको यस सफलता पश्चात संभवतः विरोधको स्वर देखापर्न सक्दछ र जनता प्रदर्शनको निम्ति घर बाहिर पनि आउन सक्दछन् तर अभूतपूर्व कार्यकालबाट उत्साही शी सम्भवतः घरेलु स्तरमा पनि आफ्नो बर्चस्वलाई थप बलियो पार्ने प्रयास गर्नेछन् । अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो महत्वकांक्षा बढाउने प्रयास गर्नेछन् ।

जसरी जसरी शीको कार्यकाल लम्बिदै जानेछ उनकै कारण उत्पन्न नीति विरुद्ध आन्तरिक कलह बढ्दै जानेछ र जनआक्रोस पनि तीब्र हुनेछ । पार्टीभित्र पनि विभिन्न गुटहरु बीच प्रतिस्पर्धा तीब्र, जटिल र क्रुर हुँदै जानेछ । त्यस्तो अवस्था चीन एउटा दुष्चक्रको सामना गर्न सक्ने अवस्थामा पनि उत्पन्न हुन सक्ने काई झियाको अनुमान छ । आक्रोशित भएर शी झन उग्र एवम् आक्रामक तरिकाको सहारा लिनेछन् र उनको सल्लाहकारहरु पनि थप गलती गर्न उत्साही गर्नेछन् । खासगरिकन ताइवानमाथि आक्रमण । देंग जियाओपिङको कार्यकालदेखि अहिलेसम्म चीनले प्राप्त गरेको आर्थिक सफलता पनि नराम्ररी प्रभावति हुने अनुमान उनको रहेको छ । एक स्थिर र सक्षम नेतृत्वका लागि प्रतिष्ठा पनि चाहिन्छ जो अघिदेखि नै चीनसित रही आएको छ तर अब यसमाथि पनि आँच आउन सक्दछ । सन् १९९४ मा पार्टी सत्तामा आएयता सिपिसीमा धेरै कम परिवर्तन भएका छन् । अब यस पार्टीले देशमाथि पूर्णरुपले नियन्त्रण कायम गर्न सकेको छ । दशेको सेना, प्रशासन र नाम मात्रको विधायिकामा पनि यसले नै शासन गर्दछ । सन् २०१२ देखि शी जिनपिङले पार्टीमाथि आफ्नो पूर्ण नियन्त्रण कायम गरेपछि पार्टी निर्णायक र उच्च समितिहरुलाई पनि आफ्नो सुविधाका हिसावले सन्चालन गर्ने गरेको काई झियाको आरोप छ । खासगरीकन महासचिव नेतृत्वको स्थायी समिति र ५ देखि ९ जनासम्मको पोलिटव्यूरोमा पनि उनकै वर्चस्व रहने गरेको छ । स्थायी समितिको बैठकमा यसको विवरणलाई गोप्य रुपमा संरक्षित गरी राखिएको हुन्छ । तर व्यापकरुपमा यो जानकारी भएकै विषय हो कि कतिपय निर्णय, प्रमुख नीतिगत प्रश्नहरुबारे दस्तावेजमार्फत छलपल पश्चात नै गरिन्छ ।

सदस्यहरु किनारामा आफ्नो टिप्पणी लेख्ने गर्दछन् । यस्ता पत्रहरु, मन्त्रालयका अधिकारी, पार्टीका विभिन्न अङ्गका शीर्ष नेताहरुका साथै विश्वविद्यालय र थिंक ट्याङ्कका विशेषज्ञहरुद्वारा लेख्ने गरिन्छ । आफू एक प्राध्यापक रहेको र सेन्ट्रल पार्टी स्कूल विभागमा झण्डै एक महिनामा यस्ता मेमोको उत्पादनका लागि एउटा कोटा नै निर्धारण गरिएको थियो र एउटा प्रोफेसरको मासिक तलबबाट करीब डेढ हजार डलरको रुपमा इनाम प्रदान गरिएको काइ झियाको दावी छ । दलिय व्यवस्थाको एउटा अर्को विशेषता निरन्तररुपमा कायम रहँदै आएको छ र त्यो हो व्यक्तिगत सम्बन्धको महत्व, जब पार्टी संगठन भित्र कसैको उत्थानको कुरा आउँछ अनि व्यक्तिगत सम्बन्ध जसमा कसैको पारिवारिक प्रतिष्ठा र कम्युनिष्ट वंशावली शामिल रहेको हुन्छ । त्यो पनि त्यति नै अर्थ राख्दछ जति कि व्यक्तिको क्षमता र विचारधारा । वर्तमान राष्ट्रपति शी जिनपिङ आफ्नो बुबाको नाम प्रभावको कारण कसरी एक पछि अर्को खुड्किला पार गर्दै राजनीतिको शीर्षसम्म पुगे त्यसबारे पनि काई झियाले विस्तारपूर्वक बताएका छन् । शी जिनपिङको राजनीतिमा बढ्दो वर्चस्व चिनिया प्रचारवाजीको देन हो भन्ने मान्यता एक थरिको रहेको छ भने केहीको नजरमा उनी आफ्नो क्षमताको भरमा अगाडि बढेको धारणा छ यथार्थमा पहिलो मान्यता नै विश्वासिलो छ किनभने उनको सफलतामा उनको बुबा शी झोगजुनको राजनीतिक पृष्ठभूमी बढी सहयोगी सावित भएको छ । उनका बुबा सिपिसिका नेता क्रान्तकारी छविका र विवादरहित नेता थिए साथै माओत्सेतुङको शासनमा केही समयका लागि प्रचार मन्त्री पनि थिए सन् १९८० मा जतिबेला शी जिनपिङ् उत्तरी प्रान्त हेवइका पाटी काउण्टी प्रमुख थिए त्यतिबेला उनकी आमाले पाटीका प्रादेशिक प्रमुखलाई एउटा पत्र लेखी शीलाई पार्टी संगठनमा महत्वपूर्ण स्थान दिन आग्रह गरेकी थिइन तर त्यतबेलाका अधिकारी गाओआङले त्यसको नोटको महत्व दिएनन उल्टै प्रान्तको पोलिटव्यूरो र स्थायी समितिको बैठकमा उक्त नोटलाई सार्वजनिक गरेर उनको परिवारलाई लज्जित पार्ने काम गरे किनभने त्यतिबेला यस्तो गर्नु पार्टीको नयाँ अभियानको उल्लंघन थियो । शीले आफ्नो त्यस अपमानलाई कहिल्यै विर्सेनन ।

सन् २००९ मा जब गाओको निधन भयो अनि शीले तिनको अन्तिम संस्कारमा पनि सहभागिता जनाएनन् यो परम्पराको उल्लंघन थियो किनभने दुवैजनाले सेन्ट्रल पार्टीको स्कूलको अध्यक्षको रुपमा काम गरेका थिए । एउटा क्याडरको क्यारियरको सम्मान गर्नेकाम भएन तर शीको बचाउनमा आए फुजियानका पार्टी प्रमुख बुआ जो शीका बुआ जो शीका बुआको विश्वासपात्र थिए र त्यसपरिवारले त्यतिबेला एउटा दुर्लभ पुनर्मुल्याङ्गनको परिपाटी त्यस प्राप्तमा बसालेको थियो । सन् १९८८ मा एउटा स्थानीय चुनावमा डेपुटी मेयरको लागि आफ्नो प्रस्ताव असफल भएपछि शीलाई पार्टी प्रमुखको रुपमा बढुवा गरिएको थियो । एकपटक मध्यम प्रदर्शनका कारण उनी कमजोर पनि पर्दै गएका थिए । सिसिपीमा जिल्लास्तरबाट प्रान्तीयस्तरमा जान एउटा कठीन खुड्किलो पार गर्नुपर्दछ र यसलाई पार गर्न धेरैसमय लाग्ने गर्छ । तर यहाँनिर पनि उनको पारिवारिक सम्बन्धले हस्तक्षेप गर्ने काम ग¥यो । सन् १९९९ मा जतिबेला शी की आमाले फुजियानमा नयाँ पार्टी नेता जिकिगलिन सामु एउटा निवदेन लेखिन र शीलाई प्रान्तीय राजनधानीमा सरुवा गर्ने काम भयो । जस्तोकि सबैखाले तल्लो स्तरका कार्यकर्तालाई थाह भएकै कुरा हो कि सिसिपीको भ¥याङ चढ्नको लागि एउटा माथिल्लो स्तरको कुनै उच्च तहका नेताको आवश्यकता हुन्छ । शीको मामिलामा यो निकै अनुकूल सावित हुँदै गयो । किनभने पार्टीका कतिपय नेता उनको बुबालाई निकै सम्मान दिने गर्दथे । उनको पहिलो महत्वपूर्ण गुरु गेग विआओ थिए जो एक शीर्ष राजनीतिज्ञ र सैन्य अधिकार थिए जसले कुनैबेला शीका बुबाको निम्ति पनि काम गरेका थिए । सन् १९७९ मा उनले संरक्षकको रुपमा कलिलो उमेरमा शीलाई संरक्षण प्रदान गरेका थिए । यस्ता किसिमको संरक्षण उनलाई शुरुदेखि प्राप्त भइरह्यो । उच्चस्तरीय अधिकारीहरुमा प्रत्येकको आफ्नो बंशावली हुने गर्दछ किनभने पार्टी संगठन भित्रका नेताहरुनै आफ्नो निहित स्वार्थको पूर्तिका लागि एउटा समूह अथवा गूट नै बनाउका हुन्छन् ।

बैचारिकरुपमा अघि सारिएको विवाद सिसिपीभित्र वादविवादलाई परिष्कृत हुने कमै अवसर प्राप्त हुने गर्दछ जबकि विभिन्न बंशहरुबीच सत्तासंघर्षभने जारी रहन्छ । यस्तोकिसिमको व्यवस्थाले व्यक्तिगत निष्ठाप्रतिको जालोलाई जन्म दिने गर्दछ । यदि कसैका गुरु मुख्यपक्षबाट बाहिर हुन्छ भने ती कार्यकर्ता र नेता अनाथ हुने गर्दछन् । काइ झियाले त सिसीपीलाई एउटा राजनीतिक दलको संगठन पनि मान्न तयार छैनन् किनभने पार्टी नेतृत्व र तिनका मुनिका नेताहरुको काम गर्ने शैली धाक र धम्की हुने गर्दछ । आपसमै सत्ताको बाँडफाँड गर्दछन् र प्रत्येकमा विभागको विभाजन हुन्छ । कसैलाई विदेशनीति, अर्थव्यवस्था, भ्रष्टाचार विरोधी निकाय आदिको जिम्मा दिइएको हुन्छ तर सबैको प्रमुख पार्टी नेतृत्व नै हुने गर्दछ ।

Comment

Related News