अपडेट 
२०७९ मंसिर ६, मंगलवार ०७:२३

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सकिसकेको छ र मतगणना शुरु भैसकेको छ । यो लेख प्रकाशितहुनेबेलासम्मकयौँ परिणाम प्रकाशित भैसकेकोपनि हुनसक्छ , र सम्भव छ आगामीप्रतिनिधिसभा र प्रदेश सभाको चित्रअधिकतम् प्रष्ट भैसकेको हुनेछ । मतगणनाका अत्यन्तप्रारम्भिक संकेतहरुले आंशिकरुपमाकेहीअप्रत्यासित परिणामकोसम्भाव्यता देखाएपनि समग्रमाप्रमुख राजनीतिकदलहरुको नै वर्चस्व कायम रहने देखिन्छ ।

मतदानपछिनिर्वाचनआयोगको विज्ञप्ति अनुसार यस पटक ६१प्रतिशतमतदाताले मात्रमतदान गरेका छन् । यो तथ्याङकविगतको निर्वाचनहरुभन्दानिकै कम छ । राज्यसत्ताको जनहितप्रतिकूलआचरण र व्यवहारको कारण राजनीतिकदलहरुप्रतिवितृष्णा विगतदेखी नै विविध माध्यमबाट अभिव्यक्तहुँदै आएको हो । मतदानको खस्किँदो प्रतिशतलेजनतामावर्तमान सत्ताधारी सरकार र प्रतिपक्षी राजनीतिकदलहरु प्रतिगहिरो उदासीनता प्रष्ट भएको छ । यस राजनीतिकव्यवस्थाका सञ्चालक राजनीतिकदलहरुको निम्ती यो चेतावनीपूर्णअवस्थाहो । यस्ले गणतन्त्र र संघियता सहितको वर्तमान राजनीतिक प्रणालीमा स्वामित्वदावीगर्ने राजनीतिक पार्टीहरुले सचेततापूर्वक सत्ता सञ्चालन, राजनीतिक ढाँचा र जनप्रतिनिधिचयनको विधिबारे विमर्श र मननगर्नु आवश्यक छ । यस पटकको निर्वाचनको प्रारम्भिक संकेतहरुले पहाडी शहरी क्षेत्र र राजधानीमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी प्रभावशाली पार्टीको रुपमाउदाउनु उल्लेखनीय परिघटनाको रुपमालिन सकिन्छ । यस्ले शहरीक्षेत्रमा बस्ने मध्यवर्गमा लामिछानेको आकर्षण बढी रहेको जनाउँछ ।तीनमहिनापहिले असौजमा पार्टी गठन हुनु र मंसीरमानिर्वाचनमाप्रभावशाली पार्टीको रुपमाउदाउनुले वर्तमान संसदिय राजनीतिलाई विचार र राजनीतिक पृष्ठभूमीको तुलनामाप्रबन्धकीय (म्यानेजरल) बनाउँछ । यसको अर्थ पर्याप्तआर्थिक स्रोत, अन्तर्विरोधहरुको पहिचान र व्यवस्थापकीय निपुणता छ भने राजनीतिक पृष्ठभूमि नभएपनि सेलिब्रेटी आकर्षण पैदा गरेरनिर्वाचनजित्न सकिन्छ ।यी सेलीब्रेटी कुनैपनि क्षेत्रका हुनसक्छन्, पत्रकार, कलाकार, चिकित्सक, इन्जिनियर वा यस्तै केही। तर जनहितको दृष्टिले यो घातक प्रवृत्तिहो । वैचारिक राजनीतिक प्रतिबद्धतापनि न हुने, जनताको पक्षमा संघर्ष गरेको राजनैतिक पृष्ठभूमिपनि नहुने, र अचानक परिदृश्यमा देखापरेर निर्वाचनजित्नथाल्नु,निकास खोजीरहेको जनताको निम्तीअर्काे भ्रम र फेरी धोकाखाने स्थिति बन्छ ।

तर विश्व राजनीतिमा यस प्रकारका परिणामहरु बेलाबेलामा देखिने गर्छन् । भारतको असममाबीसौँ शताब्दीको अस्सीको दशकमाप्रफुल्लमोहन्ताको विद्यार्थीहरुको सरकार र २०१४पछि दिल्लीमाउदाएको आमआदमी पार्टी यसकाउदाहरणहरु हुन् । तर दलिय राजनीतिमा यो अपवादपूर्ण स्थिति हो । राजनीतिकदलहरुको असक्षमता, स्वार्थ, लोभलालच, कुर्सीको छीनाझपटी तथा पूर्णतः गैरराजनीतिक र गैरजनवादीव्यवहार हरुको कारण जनसमुदायमाउदासीनतातथावितृष्णा उत्पन्नभएको स्थितिमा यस्ता परिणामहरु देखिने गर्छन् । नेपालमै गत स्थानियतहको निर्वाचनमा राजधानीको मेयरमाप्रमुख राजनीतिकदलहरुको उम्मेदवारहरुलाई पराजित गरेर बालेन साहको विजयपनिजनताको यस्तै वितृष्णाको परिणाम हो । यद्यपि यस परिणामका पछाडीपनि लामो सुनियोजित सञ्जालहरुको माध्यमबाटप्रोगन्डा र प्रचारको भूमिका रहन्छ ।रवि लामिछानेको राजनीतिकउदय यसै प्रबन्धकीय निपुणता तथा योजनाबद्ध प्रचारको परिणाम हो । समग्रमाप्रारम्भिक सम्भावनाहरुअनुसार नै परिणाम आयो भने यस पटकको प्रतिनिधि सभामा लामिछानेको पार्टीपनिआंशिक नै भएपनिप्रभावशाली देखिनेछ ।आगामी संसदको सम्भावितअस्थिर समीकरणले पनि लामिछानेको निम्तीअवसर सृजनागर्नेछ । यतिहुँदाहुँदैपनि यसपटकको निर्वाचनमापनिप्रमुख राजनीतिकदलहरुको वर्चस्व रहने सम्भावनाभने बलियो नै देखिन्छ । यस पटकको संसदपनिविगत जस्तै नेका, एमाले, माओवादी केन्द्र वरिपरी नै घुमी रहन्छ । यस पटकपनि कुनै एकलपार्टीले सरकार बनाउने बहुमतपाउने सम्भावना देखिँदैन र गठबन्धनको सरकार बन्नु निश्चितप्रायः छ । हुनपनि सरकारी गठबन्धनका देउवा र प्रचण्डले उनिहरुको गठबन्धन लामो समयसम्मचल्ने भन्दै आएकै छन् । यस्तोमा नेका, माओवादी केन्द्र र एमालेकोप्रतिस्पर्धा रसत्ता समीकरणमाअन्य सानादलहरुको भूमिका गणीतीय सन्तुलनमिलाउनु मात्रहुनेछ । यस्ले आगामी संसद र प्रदेश सभामाविगतको राजनीतिकअस्थिरतालेनिरन्तरतापाउने देखिन्छ । यस पटकको निर्वाचनमाअधिकांश राजनीतिक पार्टीहरु नेका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन रएमाले अध्यक्ष केपीशर्मा ओली नेतृत्वको गठबन्धनमादुई कित्तामा छन् ।

रास्वपा र जनमत पार्टी जस्ता केही पार्टीहरु आफ्नै हैसियतमापनिनिवार्चनमाउत्रेका छन् । तर अन्ततःयिनीहरुपनिआ–आफ्ना राजनैतिकप्रवृत्तिअनुसार यीदुई मध्ये कतैतिरओत लाग्नुपनि स्वाभाविक नै छ । संसदिय राजनीतिआफैमा एउटा अस्थिर र भ्रमात्मकव्यवस्थाहो । त्यसमापनि गठबन्धन झन् अस्थिरताको पोको ! यस्तोमा यसपटकको संसदबाट कसैले स्थिर राजनीतिको चाहना गरेको छ भनेउसको चाहना पूरा हुने देखिँदैन । हुन त एमाले अध्यक्षओलीले आफ्नो नेतृत्वमासरकारबन्ने दावीगरिरहेका छन् । तर यसको सम्भावनान्यून छ । कदाचित यस्तो भयो भने झीनो बहुमतको गठबन्धन सरकार बन्ने छ र साझेदार दलहरु मिलाउने प्रयत्नमाहमेशाअस्थिरताको सम्भावना रही रहन्छ । यस विपरीत देउवा नेतृत्वको गठबन्धनले यसपालीपनि सरकार बनाउने सम्भावना बढी देखिन्छ । यस्तो भयो भनेपनि सरकारको चरित्रअस्थिर नै हुनेछ ।यस पटकको निर्वाचनमासरकारी गठबन्धनभित्र प्रधानमन्त्रीकाउम्मेदवारहरु अनेकौँ छन् । नेकाभित्रवर्तमानप्रम देउवाकाअतिरिक्तगगनथापा छन्, भने सरकारी गठबन्धनका प्रमुख साझेदार प्रचण्डपनि आफूलाई प्रधानमन्त्रीको रुपमाप्रचारित गर्दै आएका छन् । गगनथापालाई एकछिनलाई किनारा लगाएपनि देउवा र प्रचण्डको प्रधानमन्त्रीबन्ने चाहनातिव्र छ र यस्लाई सहजै टुङ्गो लगाउनगाह्रो छ । यस्तै देउवा र प्रचण्डले पालोपालो प्रधानमन्त्रीबन्नु पर्ने अनौपचारिक प्रस्तावपनिप्रचारमा छन् । यस्तो भयो भने निश्चय नै आगामी संसद आफ्नो पुरै कार्यकालमाविगतझै सांसदहरुको खीँचातान, प्रलोभन, टुटफूट, आशंकाआदिअस्थिरताको बीच नै गुज्रने देखिन्छ । तर यी सबै सम्भावनाहरुको औचित्यआगामी संसदमा राजनीतिक पार्टीहरुको उपस्थितिको समीकरणमा भरपर्छ । अस्थिरता, नेपाली राजनीतिको स्थायीचरित्र जस्तो छ । बहुदलिय राजतन्त्रकालदेखीवर्तमानसम्म राजनीतिकअस्थिरतायथावत् छ । गणतन्त्रले सकारात्मकदिशानसमातेकै कारण यो अस्थिरताले नेपाली राजनीतिको साथ छाडेको छैन ।

संसदीयअस्थिरताले सानादलहरुको निम्तीमोलमोलाईको अवसर निर्माण गर्छ । मधेशकेन्द्रितदलहरु विगतदेखी यस्तै भूमिकागर्दै आएका छन् । प्रायःदुई कित्तामाविभाजितयीमधेशकेन्द्रितदलहरु मध्ये एउटा सरकारमाभएअर्को प्रतिपक्षीपार्टीको कित्तामा रहेर उसको पक्षमाबहुमतको कामनागरिरहेको हुन्छ । सत्तामावर्चस्वको यस प्रतिस्पर्धामा निर्णायक ठूला दलहरुकोनिम्तीशक्ति सन्तुलनमाभूमिका खेल्दै आएकायीदलहरुलेजनता र आन्दोलनमा गरेका प्रतिबद्धता र एकतानिर्वाचनको बेलाकोरा नाराको रुपमादोहो¥याई रहेपनि सत्ताको अवसरमाबिर्सी सकेका छन् । यसैले गर्दा यस पटक मधेशकेन्द्रितदलहरुको पक्षमानिकै कमजोर सम्भावना छ । प्रारम्भिक परिणामहरुले मधेशकेन्द्रितदलहरुको गढ भनिने तराई मधेश र विशेष गरेर मधेश प्रदेशमासमेत उनिहरुले धेरै गुमाउनु पर्ने देखिन्छ । संसदिय राजनीतिक पार्टीहरुको चुनावी परिणाम बारेयी सबै सम्भावित समीक्षाहरु हुन् ।अन्तिम परिणाम यसभन्दाभिन्नआउने सम्भावनापनि छ । सम्भावना त हो ! जहाँसम्म सत्ताको चरित्रको कुरा छ,विगत जस्तै यसपटक पनिराजनैतिकदलहरु पुरानै प्रवृत्तिका छन् । संसदियलोकतन्त्रको वकालतगर्नेहरुले यस निर्वाचन पद्धतिबाट देशका सबै वर्ग र समुदायको प्रतिनिधिचयनहुने दावी गर्छन् । तरयथार्थमाविगत जस्तै यसपटकपनि जनप्रतिनिधिको रुपमा देशभरीबाट एकमात्रधनिकवर्गको प्रतिनिधिमात्र संसदमापुग्ने छन् । कदाचितनिम्नमध्यमवर्ग वागरिबबाट कोही (प्रत्यक्षमा त गाह्रो छ) समानुपातिकको माध्यमबाट संसदमापुग्न सफलभएभनेपनि संसदमावर्चस्व बनाएर बसेको धनिकवर्गको पछि लाग्नुको विकल्पहुँदैन । समावेशी नै भनिएपनि समानुपातिक सीटहरु पारम्परिक राज्यसत्ताबाट विभेद, बहिष्करण र शोषणमा परेका पछाडी परेका समुदाय र विपन्नवर्ग (खस आर्य)को निम्ती सम्वैधानिकव्यवस्थागरिएको सबैलाई विदित छ । तर समानुपातिकको सीटमा पार्टीका ठूला नेताहरु, धनाढ्य, उद्योगपति जस्ता आर्थिक र सामाजिकअधिकार सम्पन्नहरु मनोनितहुनुले धनिकपक्षीय राजनीतिक नेतृत्वको निर्लज्जधोकापुर्ण उदाहरण यसपटक बहुतायत देखिएको छ ।

समानुपातिकको विपन्न खस आर्यको कोटामा प्रधानमन्त्री शेरबहादुर देउवाकीश्रीमतिआरजू देउवाको नामचयन भएपछि भन्नलाई अरु के नै बाँकी रहन्छ !अबआरजू देउवा सरकारबाट प्रमाणित ‘विपन्न’हुने भइन् । यो हो वर्तमान राज्यसत्ताको वर्ग चरित्र ! यस अर्थमा यस पटकको प्रतिनिधिसभा र प्रदेशसभापनिवास्तविक अर्थमाआमजनताको हुँदैन । वर्तमान संघीय गणतन्त्रलाई सबै वर्ग र समुदायको स्वामित्वर पहुँचको बनाउने हो भने, सत्ताको ढाँचा तथाजनप्रतिनिधिचयनबारे नयाँ ढंगले सोच्नु आवश्यक छ ।यो भनेको प्रत्यक्ष र समावेशी समानुपातिकहोइन, वर्गीय र सामुदायिकरुपमा पूर्ण समानुपातिकप्रतिनिधित्वभएको राजनीतिक ढाँचा हो । बजार होइन, जनहितमाआधारित जनताको राज्य । यस पटक भने, परिणाम जनुसुकै पार्टीवा गठबन्धनको पक्षमागएपनिजनतालाई पुरानै परिणाम हातलाग्ने निश्चित छ ।

Comment

Related News