अपडेट 
२०७९ मंसिर ८, बिहीबार १३:२२

रौतहटको संसदीय निर्वाचन क्षेत्र २ (२) प्रदेशसभा निर्वाचन क्षेत्रमा जसपाका उमेदवार रामकिशोर यादवलाई पराजित गर्दै एकीकृत समाजवादीका कनिस पटेल विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी यादवलाई ४०९ मतको अन्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् ।

इन्जिनियर कनिश पटेलले कूल १० हजार ४४२ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी रामकिशोर यादवले १० हजार ३३ मत ल्याए । २०७४ को चुनावमा यादव यसै क्षेत्र बाट प्रदेशसभामा निर्वाचित भएका थिए । त्यसैगरी प्रदेशसभाका अर्का स्वतन्त्र उम्मेदवार मनिज यादवले ५२६५ मत पाएका थिए ।

Comment

Related News