अपडेट 
२०७९ मंसिर ८, बिहीबार १९:३०

बुधबारदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महामहोत्सवअन्तर्गत आज (बिहिबार) दोस्रो दिन फूलबारी लिला मनाइएको छ ।

फूलबारी लिलामा फूलबारीमा भगवान् राम र लक्ष्मणको प्रतिकका रूपमा एक जोडा बालबालिकालाई विवाहमण्डप प्राङ्गणमा रहेको फूलबारीमा घुमाइन्छ ।

त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसँग फूल टिप्न आएकी जानकीसँग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ । सोही अनुसार विवाहपञ्चमी महोत्सवमा दोस्रो दिन फूलबारीमा घुमाउँदै राम र सीताको भेटघाट गराउने चलन रहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले बताए ।

त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव मनाइँदै आएको छ ।

सप्ताहव्यापी रुपमा मनाइने महोत्सवको पहिलो दिन बुधबार नगरदर्शन सम्पन्न भएको थियो । महामहोत्सव अन्तर्गत भोलि (शुक्रबार) तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छौटौं दिन स्वयंवर र सातौं तथा अन्तिम दिन रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।

Comment

Related News