अपडेट 
२०८१ कार्तिक ४, आईतवार १४:३६

रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनले पोखरा तनावग्रस्त भएको छ ।

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् । तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि मााहाेल तातेकाे हो ।

अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

रास्वपाले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै जनतालाई आफ्नो अभिव्यक्ति राख्न दिनुपर्ने बताएको छ ।

रविलाई कारवाहीको मागसहित सहकारीपीडितहरूले पनि आजै प्रदर्शनको तयारी गरेका छन् । दुई पक्षीय प्रदर्शनले निम्तिन सक्ने सुरक्षा चुनौतीलाई ध्यान दिएर उच्च सतर्कता अपनाइएको सुरक्षा अधिकारीले बताएका छ्न् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहीदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरेको छ ।

Comment


Related News

Latest News

Trending News