अपडेट 
२०८१ कार्तिक ६, मंगलवार ०७:३८

मधेश प्रदेश सरकारका मुख्यसचिव करिब डेढ महिनादेखि कार्यालयमा गयल छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयबाट प्रदेश सरकारका मुख्यसचिव लोकनाथ पौडेल अनुपस्थित हुँदा सम्पूर्ण कामकाज प्रभावित भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय अनुसार मुख्यसचिव लोकनाथ पौडेल झण्डै डेढ महिनादेखि कार्यालय बाहिर छन् । करिब ७/८ दिनको तालिमका लागि २७ भदौँदेखि गएदेखि मुख्यसचिव पौडेल अहिलेसम्म अनुपस्थित नै रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले जनाएको छ ।

मुख्यसचिव पौडेलले अख्तियारी दिएर नजाँदा प्रदेश सरकारको कामकाज ठप्प हुनुको साथै सेवाग्राहीले सास्ती खेप्दै आएको गुनासो छ । प्रदेश सांसद श्याम पटेलले भने, ‘मुख्यसचिवजी नहुँदा धेरै काम प्रभावित भएको छ, कुनै पनि सरकारी काम गराउन जाँदा उहाँ नभएपछि त्यो काम हुन सकिरहेको छैन । जसले जनताका कामहरु पेन्डिङमा छन्, कतिपय ठाउँमा हामीले गालीसमेत खानु परिरहेको छ । मुख्यसचिवजीको अतोपतो छैन ।’ उनले भने, ‘यदी प्रदेश सरकारमा बस्नु छैन भने किन ठाउँ कब्जा गरेर राख्नुप¥यो । ‘भ्याउँन सकिएको छैन भने अरु ठाउँमा सरुवा गराएर जाँदा हुन्छ त ।’ मुख्यमन्त्री सतीशकुमार सिंहले मुख्यसचिव एक सातादेखि बाहिर रहेको स्वीकारे । तर अहिलेसम्म कार्यालयमा नआएको उनी बताउँछन् ।

Comment


Related News

Latest News

Trending News