अपडेट 
२०७६ चैत्र २०, बिहीबार १५:३८

काठमाडौ : भारतको महराष्ट्रमा तीन दिनको शिशुमा कोरोना भाइरसको संक्रमण भएको छ । शिशुसँगै २६ वर्षीया आमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। द टाइस् अफ इण्डिा का अनुसर शिशुको जन्म मार्च २६ (चैत्र १३ गते) तारिखमा मुम्बईको चेम्बर अस्पतालमा भएको थियो ।

परिवारले भने अस्पतालको लापरवाहीका कारण आमा र शिशुमा कोरोना भाइरस संक्रमण देखिएको आरोप लगाएकाे छ । परिवारका अनुसार आमा र नवजात शिशु राखिएको बेडमा पहिला कोरोना संक्रमित राखिएको थियो। त्यही बेडमा आमा र शिशु राख्दा संक्रमण देखिएको हो ।

नवजात शिशुका बावुले भने- ‘मेरो श्रीमाती र छोरालाई बेलुका दिउँसो साढे १२ बजे तिर एक निजी कोठामा लगियो, तर एक नर्स दिउँसो २ बजेतिर आएर हामीलाई कोठा परिवर्तन गर्न भने, २४ घण्टापछि एक डाक्टरले मलाई टेलिफोन गरेर भने पहिले राखिएकाे बेडमा काेराेना संक्रमित बिरामी राखिएकाे थियाे ।’

आमा र शिशुलाई पहिले स्थानीय कुर्ला भाभा अस्पताल र त्यसपछि कस्तुरबा अस्पताल रिफर गरिएको छ । कस्तुबा अस्पताल मुम्बईको कोरोना भाइरस उपचार केन्द्र बनाइएको छ। विज्ञका अनुसार शिशु जन्मिदा अस्पतालमा कोही संक्रमित भएको हुँदा यिनीहरुमा कोरोना संक्रमण भएको हुनसक्छ। हाल चेम्बर अस्पताल बन्द गरिएको छ। त्यहाँ सरसफाई चलिरहेको बताइएको छ ।एजेन्सी

Comment


Related News

Latest News

Trending News