जनकपुरधाम र अयोध्याधामको सम्बन्ध प्राचीनकालमा रामसीताको वैवाहिक सम्बन्धले अझ प्रगाढ भएको पाइन्छ । मिथिलाका राजा राजर्षिजनक र अध्योध्याको महाराजदशरथ आ– आफ्ना ठाउँमा निकै प्रसिद्ध थिए । यी दुबै राजपरिवारहरू हिन्दु धर्मभित्रका वैष्णव सम्प्रदायका थिए । हिन्दु धर्मावलम्बीहरू पनि विभिन्न सम्प्रदायमा विभक्त छन् । वैष्णव धर्मको अर्थतिर जाँदा आफ्नो आराध्य देवका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति, विष्णुका भक्तलाई जनाउँदछ ।
राम त्यही विष्णुका विभिन्न अवतारमध्ये एउटा अवतारका रूपमा प्रकट भएका थिए । राम लगायत चारै भाइको विवाह यही जनकपुरधामका तत्कालीन राजाजनक भनिने शिरध्वज र भाइ कुशध्वजका सुपुत्रीहरूसँग भएको थियो । त्यही वैवाहिक सम्वन्धले गर्दा यी दुबै धामको महत्व निकै उँचाइ पाएका छन् । हाल न त्यो मिथिलाको जनकपुरधाम छ न त अयोध्याको अयोध्याधाम नै । तर त्यसबेलाका यी राज्यहरू सत्य, धर्म र नैतिकतामा बसेर काम गरेको हुनाले आज पनि हामी त्यसलाई अनुशरण गर्न बाध्य छौं । हुनत हिन्दु धर्मले वेद, धर्मशास्त्र, नीतिशास्त्र र पुराण आदिलाई आफ्नो धर्मको आधार मान्ने गरेको छ ।
त्रेतायुगमा यसै आधारलाई अपनाएर ठूल्ठूला अन्यायी तथा अत्याचारी राक्षसहरूलाई बध गर्न सफल भएका थिए । त्यसैले होला, विश्वका हिन्दुहरू मात्र होइनन् अन्य धर्मावलम्बीहरू समेत जनकपुरधाम र अयोध्याधाममा एक चोटी अवश्य तीर्थाटन गर्न चाहन्छन् । हिन्दुशास्त्रका विभिन्न धार्मिक ग्रन्थहरूमा समेत यी दुबै तीर्थास्थलका महत्वबारे विस्तारमा वर्णन गरिएको देखिन्छ । अर्कोतीर हिन्दुधर्म विश्वमा सबै धर्मभन्दा पुरानो धर्म भएकोले पनि यसको महत्ता उच्च देखिन्छ । यी दुबै धर्मस्थलमा स्नान र दर्शनबाट मोक्षको प्राप्ति हुन्छ भने जनविश्वास छ । आजको जनकपुरधाम र अयोध्याधामलाई सन्तमहन्थले निर्माण गरेका छन् ।
अब प्रसँग बदलौं । यी दुबै धामको तीर्थाटनतिर लागौं । यस पालिको दशै जनकपुरधाममा नै विताएर २०८१ कार्तिक १ गते म, मेरी श्रीमति, जेठी छोरीज्वाई, भान्जा र उसकी श्रीमति तथा छोरी जम्मा सात जनाको समूह सीतामढीबाट सद्भावना एक्सप्रेसद्वारा भोलिपल्ट साँझतिर अयोध्याधाम पुग्यौं । हुन त यो एउटा विशुद्ध धार्मिक यात्रा थियो । यो सद्भावना एक्सप्रेस रक्सौलबाट दिल्लीसम्मका लागि सप्ताहमा एक दिन प्रत्येक विहिवार राती १ः३० मा खुल्ने गर्छ । ट्रेनको यात्रा हवाइयात्रा जस्तो नभएपनि अन्य बाँकी यात्राका साधनभन्दा आरामदायी नै मानिन्छ । विहिवारको रातिको खाना हामी सीतामढीमा खाएका थियौं भने बाँकी खाना टे«नमा नै खायौं ।
हाम्रा मनमा अयोध्याधाम बारे विभिन्न किसिमका कुराहरू खेल्ने गर्थे । पुरानो आयोध्या कस्तो थियो होला, हालको आयोध्या कस्तो रहेछ ? निर्माण सकियो कि बाँकी छ । यस्ता अनेकौं प्रश्नहरू मनमा खेली रहेका थिए । पुगेको पहिलो दिन अर्थात् शुक्रवार हामी होटलको बास र खानाभन्दा अन्य कही गएनौं ।
भोलि विहान ७ बजे हामी सबैजना स्थानीय बसमा सबार भै सरयू घाट पुग्यौं । त्यहाँ रामका परिवारमध्येका सबैका नामबाट घाटको नामाकरण भएका छन् । हामी शुरूमा रामघाटमा पुग्यौं । त्यहाँ बढी भीड रहेको हुनाले केही पश्चिममा लक्ष्मणघाटतिर लाग्यौं र त्यही सबैजना बडो आन्दपूर्वक सरयू नदीमा स्नान ग¥यौं । स्नान सकेपछि घाटमा रहेका ब्राह्नण द्वारा पूजाआर्चा सकाइ हामी डुंगाको सैयामा लाग्यौं । लगभग आधा घण्टाको सयरबाट पुनः लक्ष्मण घाटमै ओर्लियौ ।
अब हामी सबैजना टैम्पुमा चढेर हनुमानगढी पुग्यौं । हनुमान गढीमा धेरै टाढासम्मको लाइन थियो । हामी सबैजना माला, प्रसाद लिइसकेपछि लाइनमा लाग्यौं । लगभग २ घंटापछि दर्शन गर्ने मौका पायौं । रामभक्त हनुमानको दर्शनपछि हामी अनुभूति गर्न थाल्यौं कि भक्त सबैभन्दा ठूलो हुँदो रहेछ । भनाइ पनि छ ‘भक्त के बस में है भगवान’ । त्यहाँबाट हामी रामजन्मभूमितिर लाग्यौं । रामजन्मभूमिमा रामलाई दर्शन गर्न पनि लाइनमा बस्नु परेको थियो ।
अशक्त र बृद्धबृद्धाका लागि ठेलाको व्यवस्था पनि गरिएको थियो । गेटभन्दा गर्भगृह अलिकति टाढै थियो । विस्तारै हामी गर्भगृहसम्म पुग्यौं । फोटो तथा टी.भी. मा देखेको रामलाई साक्षात दर्शन गर्न पाउँदा निकै बिभोर हुँदै थियौं । रामगर्भगृहमा अन्य मन्दिरभन्दा बेग्लै किसिमको व्यवस्था थियो । त्यहाँ कुनै किसिमको माला, प्रसाद तथा अन्य चढौना लग्न निषेध गरिएको थियो । दर्शन सकेपछि सबै श्रद्धालुलाई रामट्रस्टबाट नै प्रसादीको व्यवस्था गरिएको थियो ।
जो सबैले बडोश्रद्धासाथ लिइरहेका थिए । दर्शन सकिएपछि खानाका लागि हामी होटलतिर लाग्यौं । मन्दिर नजिकैको एउटा होटलमा हामी खाना खायौं । हुनत राममन्दिरको कम्पाउण्डभित्रै पनि निःशुल्क खानाको व्यवस्था मिलाइएको थियो तर हामीहरू त्यतातिर गएनौं । त्यसपछि अयोध्याधामको मार्केटमा केही सरसमान किन्नेतिर लाग्यौ ।
यस्तै घुम्दाघुम्दै साँझ पर्न गयो । हामी सोचेका थियौं कि अयोध्याको निर्माण सकेको होला र एउटा नयाँअयोध्या हेरेर फर्कौला तर अहिले अयोध्या निर्माणाधीन अवस्था मै रहेको छ । मेरो अनुमान अनुसार यसको निर्माण सम्पन्न हुन कम्तिमा पाँच वर्ष लाग्ने छ । स्टेशन, सडक, मन्दिर, सार्वजनिक भवन, एअरपोर्ट, घाट नदी आदी इत्यादी चारैतिर काम हुँदै अगाडी बढेको हेर्न पाइन्छ । रामजन्मभूमि परिसरका गर्भगृह बाहेकका भवन र मन्दिरहरू निर्माणाधीन अवस्था मै छन् ।
पाँच वर्ष पछि अयोध्या एउटा नमूना धार्मिक शहरको रूपमा हेर्न पाइने छ । अयोध्याका मुख्य÷मुख्य स्थलदेखि सकेपछि भोलिपल्ट अर्थात कार्तिक ४ गते आइतवार हामी अयोध्याका वरिपरि रहेका रामपरिवारसँग सम्बन्धित स्थलहरू हेर्न शुरू ग¥यौं । सबैभन्दा पहिले हामी मणीपर्वत अवलोकन गर्दै सीताकुण्ड हेर्न पुग्यौ । यस कुण्डलाई निकै सुन्दरतासँग सजाइएको हुनाले वडो शान्ति महसूस ग¥यौं । त्हाँबाट हामी भरत कुण्डतिर लाग्यौ । लगभग १ घंटा पछि हामी भरत कुण्ड पुग्यौं ।
भरत कुण्ड पनि अति मनमोहक रहेछ । त्यसको भिण्डामा रहेको भगवानको मन्दिर अझै बढी सुन्दर रहेछ । त्यहाँ हामी पूजापाठ गरेर प्रोहितबाट दिएका प्रसाद खाइसकेपछि भरत कसरी भुइँ मुनि खाल्डो खनी गुफामा १४ वर्ष आफ्नो जीवन बिताउनु भयो । प्रष्ट रूपले हेर्न पायौं । राम वनवासबाट फर्केपछि सबैभन्दा पहिले भरतलाई भेटन त्यही पुग्नु भएको थियो ।
रामभरतको मिलनको सबैलाई त्यसबेलाको वास्तविक मिलनलाई याद गराएको थियो । चारै भाइ र तीनै आमाहरूका प्रेम हेर्दा अहिले पनि जीवन बाच्न सहज बनाइ दिन्छ । साना साना कुराका लागि भाइ–भाइ बीच झगडालाई शुन्यमा झार्न यस्ता प्रेम हामीलाई उपदेश दिएको पाइन्छ । त्यहाँबाट हामी सोझै लजतिर फक्र्यौ । केही समय फ्रेस हुन लगाइ पुनः रातिको खाना खान होटलतिर लाग्यौं । भोली विहान हामी दशरथ समाधि स्थल, रामको सरयु नदीमा मोक्ष गमन, ऋृंगी ऋषिको कुटी, आदि स्थलहरू हेर्यांै ।
भोलिपल्ट अर्थात ४ गते बेलुकातिर स्टेशन पुगी रेल समात्यौं । रेलबाट साँझ ६ः३० बजेतिर बनारस पुग्यौं । हामी सोमवार अर्थात ५ गते कासी विश्वनाथ महादेवको दर्शन गर्ने लक्ष्य बनाएका थियौं । त्यही योजना अनुसार विहानै उठी ७ बजेतिर हामी विश्वनाथ महादेब दर्शन गर्न मठतिर लाग्यौं । नजिक पुगेपछि एउटा फूलमाला बेच्ने कहाँ निषेधित सरसमानहरू त्यही राखेर फूल, माला, प्रसाद आदिकुरालिएर मठतिर जान एउटा गल्लीसम्म हुँदै अगाडी बढ्यौ ।
यस कुरामा फूलमाला बेच्ने मानिसले एक जना केटालाई पठाइ सहयोग गरेको थियो । लगभग २ घंटामा हामी विश्वनाथ महादेवको आँगनमा पुग्यौं । विस्तारै महादेवको दर्शन गरेर फर्किन लाग्दा गेटमै अवस्थित अन्नपूर्णा माताको दर्शन गरेर त्यही अन्नपूर्णा माताकै नाममा सदावर्त खाना खुवाउने व्यवस्था रहेकोले हामी पनि सो प्रसाद खान पुग्यौं ।
त्यहाँबाट हामी बजारतिर केही किनमेल गरेर पुनः त्यहीदिन टे«न समात्न स्टेशन पुग्यौ । बनारसमा जम्मा चारवटा स्टेशन रहेछन् । हामी बनारसजक्सन पुग्यौ । हामी दिल्लीबाट आउने रेलमा चढयौं । यो रेल डाइरेक्ट जयनगरसम्म पुग्ने रहेछ । यसको रूट बनारसबाट छुटेपछि बलिया, छपडा, सोनपुर, हाँजीपुर, समस्तीपुर, दरभङ्गा, मधुवनी हुँदै जयनगर आएको थियो ।
हामी राती १ः३० बजे जयनगर स्टेशनमा आर्लियौं । हामी त्यहाँ ३ घण्टा बितायौं र त्यसपछि हामी टैम्पु लिन स्टेशन बाहिर आयौं । लगभग ५ बजे विहान हामी टैम्पुबाट महिनाथपुर बोर्डरको लागि निस्कियौं । महिनाथपुर बोर्डरबाट पुनः तिनकौरिया चौक हुँदै हामी जनकपुर पुग्यौं । यसरी हाम्रो एउटा धार्मिक यात्रा सकियो । जनकपुरधाम र अयोध्याधामको बीच एउटा बडो मीठो सम्बन्ध छ । यस सम्बन्धलाई अहिले पनि अयोध्यावासी र जनकपुरबासी निरन्तरता दिएका छन् ।
प्रत्येक वर्ष जनकपुरधाममा हामी वडोधूमधामका साथ रामनवमी र सीताराम विवाह उत्सब मनाउँदै आई रहेका छौं । यसबाट अहिले पनि त्रेतायुगमा भएको जन्म र विवाहको याद गराइरहेका छन् । विश्वका हिन्दु धर्मावलम्बीहरूका लागि यी दुबै स्थल अति पवित्र स्थलको रूपमा रहेका छन् । हामीलाई वर्तमान युगमा पनि रामसीताको चरित्रले भविष्यको बाटो डो¥याई रहेको छ । कतिपयले रामलाई एउटा राजाको रूप हेर्ने गर्छन् भने कतिपयले विष्णुको अवतारि रूपलाई हेर्ने रहेछन् ।
जो जस्तो रूपले हेरे पनि वहाँको जीवनले हामीलाई धर्म, सत्य, नैतिकताको बाटो देखाइ रहेका छन् । मानिस यस्ता चरित्रबाट आफ्ना परिवार, समाज र देशलाई समेत सही वाटोमा अगाडी बढाउन सहयोग भेटिरहेको छ । हामी त्यस्ता चरित्रलाई कोटी–कोटी नमन गर्छौं । ईतिश्री ।