जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ले ब्रतालु महिलाहरुलाई छठ पुजा समाग्री तथा वस्त्र वितरण गरेका छन् ।
वडा २ कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच नगर उपप्रमुख किशोरी साह तथा वडाध्यक्ष शिवकुमार साहको उपस्थितिमा व्रतालु महिलाहरुलाई छठ पर्वको सामाग्री वितरण गरिएको हो ।
२०८०/०८१को वडास्तरीय योजनामा ५ लाख बजेट छुट्याएर ५ सय बढी ब्रतालु महिलालाई सो सामाग्री वितरण गरिएको वडा सदस्य अमित साहले जानकारी दिए । पूजा सामाग्रीमा सारी, साया, बलाउजका कपडाका साथै, अगरवती, पञ्चमेवा र तेल वितरण गरिएको उनले बताए ।