अपडेट 
२०८१ कार्तिक २१, बुधबार ०७:५३

धनुषाको नगराईन नगरपालिकाका मेयर र उपमेयरका कारण पाँच महिनादेखि सम्पूर्ण कामकाज ठप्प रहेको बेला एक समूहले सात दिनभित्र समस्या समाधान नगरिएमा चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नगराईन नगरपालिकाका मेयर विनयकुमार यादव र उपमेयर राधादेवी यादवका कारण उत्पन्न विवादले सम्पूर्ण कामकाज ठप्प हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर परेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत नगराईन अगुवा समूहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

धनुषका प्रमुख जिल्ला अधिकारी रामुराज कडयिामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल नगराईन नगरपालिकाको समस्या समाधानका लागि पहलकदमी लिनका लागि ध्यानाकर्षण गराइएको समूहका संयोजक आदर्श मण्डलले जनाए । संयोजक मण्डल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी कडरियालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै एक साताभित्रमा समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

मेयर र उपमेयरबीचको विवाद कारण सो पालिका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाहरु आन्दोलनमा उत्रिदा करिब १ महिनादेखि विद्यालय र स्वास्थ्य चौकी पूर्णरूपमा ठप्प हुँदा सेवाग्राहीलाई सास्ती भोग्नु परेको सो ज्ञापनपत्रमा उल्लेख छ । मेयर–उपमेयरबीचको लडाईले विद्यार्थीहरूको शिक्षामा ठूलो असर परेको छ भने स्थानीय नागरिकहरूले स्वास्थ्य सेवा लिनबाट समेत वञ्चित हुनु चिन्ताजनक रहेको भन्दै तत्काल नगराईन नगरपालिकाको समस्या समाधानका लागि प्रधानमन्त्री ओलीलाई पहल गरिदिनका लागि आग्रह गरेको उनले बताए । मेयर र उपमेयरले आ–आफ्नो तर्फबाट समस्या समाधानका लागि ठोस कदम चालेको नदेखिएको हामी गम्भीर रहेको अवगत गराउँदै एक साताभित्रमा विद्यालय, स्वास्थ्य सेवालगायत नगराईन नगरपालिकाको कामकारबाही सञ्चालनमा नआएमा आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत सो ज्ञापनपत्रमार्फत दिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

Comment


Related News

Latest News

Trending News