अपडेट 
२०८१ कार्तिक २१, बुधबार १५:५२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटार समीडाँडामा बुधवार बिहान भएको बस दुर्घटनामा ३५ जना यात्रु घाइते हुनुभएको छ ।

काठमाडाैँबाट महोत्तरी जाँदै गरेको प्रदेश २–०३–००१ ख ३६२९ नं. को बस आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल दाहिने साइडमा पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेमध्ये २८ जनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । जसमध्ये १३ जनाको अवस्था मध्यम र १५ सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मनहरी अस्पतालमा तीन जना र हेटौँडा अस्पतालमा चार जना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइतेहरू महोत्तरी मटिहानी नगरपालिका–७ बस्ने २४ वर्षीय हरिशङ्कर प्रसाद मण्डल, जलेश्वर नगरपालिका–९ बस्ने २४ वर्षीय राजकुमार साह, २८ वर्षीया अनु राय, २१ वर्षीया खुसीकुमारी पाण्डे, धनुषा जनकपुर उपमहानगरपालिका–१३ बस्ने २० वर्षीया भीमा ठाकुर, महोत्तरी बगाह नगरपालिका–१ बस्ने ६१ वर्षीय दिनेश चौधरी, महोत्तरी जलेश्वर नगरपालिका–२ बस्ने २० वर्षीया असख साझी, धनुषा जनकपुर उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया सरोज झा, ९ वर्षीया समृद्धि झा, ४२ वर्षीय किरण झा, ४७ वर्षीया संजीव झा, भारत सीतामढी जिल्ला पिपराथान बस्ने ५५ वर्षीया बेचन महत्तो, धनुषा जनकपुर उपमहानगरपालिका बस्ने १८ वर्षीया अनुपाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

त्यस्तै धनुषा जनकपुर उपमहानगरपालिका–७ बस्ने २८ वर्षीया राजु साह, २५ वर्षीया रुद्रानि राज, धनुषा लक्षिमिहा गाउँपालिका–१ बस्ने ३४ वर्षीया सुन्दर साह, ५ वर्षीय बिराज साह, १२ वर्षीय राज साह, १४ वर्षीय काजल साह, जनकपुर उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय रामभरोस साह, धनुषा बटेस्वर गाउँपालिका–३ बस्ने ३७ वर्षीया रामकृष्ण सिङ, ५ वर्षीय प्रतिक सिङ, १० वर्षीया कृती सिंङ, २९ वर्षीया सुजितकुमार महत्तो, .धनुषा नकराईन गाउँपालिका–.६ बस्ने २३ वर्षीय रमेश कुमार ठाकुर, मिथिला नगरपालिका–६ बस्ने २१ वर्षीय मनोज महत्तो, धनुषा घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय रमा के.सी., धनुषा बटेस्वर नगरपालिका–३ बस्ने ३३ वर्षीय इन्दिराकुमारी महत्तो घाइते हुनुभएको हो । उहाँहरुको चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै औराही गाउँपालिका–१ बस्ने ३५ वर्षीय रोशन कु.यादव, देश भारत प्रदेश बिहार मध्यवानि बस्ने ४९ वर्षीय श्यामकुमार ठाकुर, भारत बिहार प्रदेश दरभंगा बस्ने ४४ वर्षीय प्रमोदकुमार शर्माको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै उदयपुर उदयपुरगढी गाउँपालिका–६ बस्ने २० वर्षीय रन्जना मगर, काठमाडौँ महानगरपालिका–३१ बस्ने वर्ष ६० वर्षीय बिना देवी, २२ वर्षीय सोनम साह र ३४ वर्षीया अनुपम जैसवाल घाइते हुनुभएको हो । उहाँहरू हेटौँडा अस्पतालमा उपचारपश्चात् डिस्चार्ज भई गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Comment


Related News