२०८१ कार्तिक २८, बुधबार १४:४८

भारतको राजधानी दिल्ली संसारमै सबैभन्दा बढी वायु प्रदूषित सहर भएको छ।

आज (नोभेम्बर १३) मा स्विस फर्म आईक्यूएयरको सूचीमा दिल्ली एक नम्बरमा परेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार विश्वका १२१ सबैभन्दा प्रदूषित देशको सूचीमा दिल्लीसहित भारतका तीन सहर परेका छन्। अन्य दुईमा कोलकाता र मुम्बई हुन्।

यसैबीच आज काठमाडौँ भने सबैभन्दा बढी वायु प्रदूषित सहरको आठौँ नम्बरमा परेको छ।

Comment

Related News

Latest News

Trending News