अपडेट 
२०८१ कार्तिक २९, बिहीबार ०८:०४

जानकी मन्दिर र मधेश प्रदेश सरकार अयोध्या तिलक पठाउने कार्यक्रमबाट अलग्गिए पनि विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामले युवा कमिटी, नागरिक समाजहरुको सहभागितामा मंसिर १ गते तिलक लग्ने निर्णय गरेको छ ।

विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्री विश्राम बारा जिल्लाको गढीमाईम ागर्ने निर्णय गरेको छ । तिलक लिएर जाने समुह २ गते अयोध्या पुग्ने र ३ गते तिलक सहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषदका महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तांतरण गरिने बताइएको छ ।

विश्व हिन्दू परिषद् को सक्रियतामा विगत वर्ष झैँ यस वर्ष पनि सामुहिक विवाह हुने छ । छैठौँपटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीहरुको सहभागिता रहने छ । जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरीको रुपमा विकासका लागि प्रचारप्रसार गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News