अपडेट 
२०८१ कार्तिक २९, बिहीबार १०:१७

बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ ।

आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १ सय ७० रहेको छ । हावाको यो गुणस्तरलाई अस्वस्थ मानिन्छ ।

पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ । यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।

तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।

462560353_460165563854052_4530979216141506325_n

Comment


Related News