२०८१ मंसिर २, आईतवार १७:१६

जनकपुरधाम । कर सप्ताह कार्यक्रम अन्तरगत आन्तरिक राजस्व कार्यालय जनकपुरधामले आइतवार सम्मान कार्यक्रम गरेको छ ।

पहिलो करदाता सेवाग्राहीलाई सम्मान गर्ने कार्यक्रम अन्तरगत कर सप्ताहको दोस्रो दिन सम्मान गरेको छ ।

पहिलो दिन शनिवार करदाताहरुमा सचेतना अभिबृद्धि गर्न जनकपुरधाममा प्रभातफेरी गरिएको थियो । आन्तरिक राजस्व कार्यालय जनकपुरधामबाट सुरु भै जानकी मन्दिर सम्म पुगेको प्रभातफेरीका सहाभागीहरु कर सम्बन्धी विभिन्न प्ले कार्ड बोकेका थिए ।जानकी मन्दिर परिसर पुगेर प्रभातफेरी पूनः आन्तरिक राजस्व कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा कार्यालयका प्रमुख, कर अधिकृतहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

‘कर प्रणालीको सार, लगानीको आधार’ मुलनाराका साथ १३ औं राष्ट्रिय कर दिवस राष्ट्रव्यापी रुपमा मनाइदैछ ।

Comment

Related News

Latest News

Trending News