नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ ।
बिहीबार टीयू क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो । अब नेपाली यू-१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू-१९ एशिया कप खेल्दै छ । एशिया कपमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।
त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।