२०८१ मंसिर १०, सोमबार १३:०९

राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने भएको छ।

राहदानी विभागले सूचना निकालेर पूर्ण रूपमा राहदानीको कार्य प्रारम्भ हुन अझै एक-दुई साता लाग्ने उल्लेख गरेको हो।

राहदानी आवेदन प्रणाली केही दिनदेखि अवरूद्ध हुँदा सेवा प्रभावित बनेको छ।

विभागले राहदानी विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको पनि बताएको छ। यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको विभागको भनाइ छ।

एक-दुई दिनभित्रमा नयाँ आवेदन फारम भर्नका लागि बुकिङ खुला गरिने पनि विभागले जानकारी दिएको छ।

विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको पनि उल्लेख गरेको छ।

सतर्कता अपनाउनुपर्ने भएकोले जिल्ला, इलाका प्रशासन र विदेशस्थित नियोगहरूमा राहदानी सेवा बन्द गर्नुपरेको विभागले  जनाएको छ।

rahadani-notice-1732512337.jpg
 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ११:०६

Comment

Related News

Latest News

Trending News