अपडेट 
२०८१ मंसिर ११, मंगलवार १५:४०

सर्लाहीको अचलगढमा मंगलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बलरा नगरपालिका-९ अचलगढमा आफ्नै खेत जोतिरहेको अनटेष्ट ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक ४० वर्षीय रुसतम साहको चेपिएर मृत्यु भएको हो ।

ट्याक्टरमा चेपिएका साहलाई स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ ।

Comment


Related News

Latest News

Trending News