अपडेट 
२०७६ चैत्र २३, आईतवार ११:३७

लहान । कोरोना संक्रमितको संख्या बढ्दै गएपपिछ सरकारले लकडाउनलाई थप कडा बनाउन एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णयको पालना गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सक्रिय देखिएका छन्। कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।

पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । कोरोना भाइरसका कारण नेपालमा लकडाउन गरिएको आज १३ औँ दिन पुगिसकेको छ। अहिले विश्वभरीको जनजीवन प्रभावित बनिरहेको अवस्थामा शहर तथा बजार सुनसान छन् ।

गाउँघरमा बजारमा भन्दा केहि मात्रामा चहलपहल बढी देखन सकिन्छ। गाउँमा कोरोना प्रभाब कम देखिए पछि लकडाउनलाई प्रभाबकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समेत निरन्तरता दिदै आफनो कर्तव्यलाई पुरा गिरीरहेको प्रत्यक्ष देख्न सकिन्छ। सिरहा जिल्लाको प्रमुख व्यापारिक केन्द्र लहान बजार सुनसान रहेपनी गाउँघर तथा सडक आसपासका साना बजार क्षेत्रमा लकडाउनको पालना कम भएको गुनासो बढ्दै गएपछि प्रहरी लकडाउन पालना गराउन गाउँ केन्द्रित हुन थालेका छन्।

ईलाका प्रहरी कार्यालय लहानको सक्रियतामा लकडाउनको १३ औँ दिन लहान सहित गाउँगाउँमा प्रहरी टोली गस्ती गर्न थालेका छन्।प्रहरीले लहान तथा आफ्नो मातहत रहेका क्षेत्र भित्र पुगेर कारोनाबाट बच्ने उपाय सहित माईकिङ गर्नुका साथै घरबाहिर ननिक्लन र लकडाउनको पालना गर्न जनसमुदाय लाई आग्रह गर्दे अत्याबश्यक कामले बाहिर जाँदै गर्दा माक्सको प्रयोग गर्न , सरसफाईमा ध्यान पुर्याउन , भिडभाडमा नजान, तिन फिटको सामाजिक दुुरी कायम गर्न आग्रह गर्दै जनसमुदाय लाई समेत सचेत बनाइरहेको छ।

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीको कमान्डमा लकडाउन लाई पूर्ण पालना गराउन यो अभियान शुरु गरिएको छ। लहान बजार तथा आसपासका क्षेत्रमा डिएसपी शरत थापा क्षेत्री संगै सशस्त्र प्रहरी बल लहानका प्रमुख डिएसपी अर्जुन सापकोटा सहितको संयुक्त प्रहरी टोलीले लहानको परिक्रमा गर्दै माईकिङ गरिरहेका छन्।

प्रहरी टोली लहान सहित सिराहाका लक्ष्मीपुर पतारी गाउँपालिका, सखुवानान्कारकट्टि गाउँपालिका , भगवानपुर गाउँपालिका लगायत विभिन्न ग्रामिण क्षेत्रमा पुगेर नागरिकलाई सचेत गराई रहेका छन।

यसै बीच सरकारले चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन ।लकडाउन थप गर्ने वाा नगर्ने विषयमा अर्को मन्त्री परिषद बैठकबाट निर्णय गर्ने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । नेपालमा अहिले सम्म ९ जना कोरोना भाइरस (कोभिड– १९) का संक्रमित भेटि सकेका छन। जस मध्ये एक जना उपचार पछि निको भैसकेका छन।

Comment


Related News

Latest News

Trending News