अपडेट 
२०८१ मंसिर १३, बिहीबार १२:१७

बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

आदर्श कोतवाल नगरपालिका वडा नम्बर–२ स्थितको घरबाट फर्किने क्रममा गोली प्रहार गरी उनको हत्या गरिएको थियो । त्यसबेलादेखि फरार मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई गएराति पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

प्रहरीको विशेष टोलीले कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको उनले पुष्टि गरेका छन् ।  करिब पाँच महिनादेखि परिचालित प्रहरीको स्पेसल टोलीले मुख्य अभियुक्त कुशवाहालाई विराटनगरबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

मुख्य अभियुक्त कुशवाहा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ ।

गएको ३२ जेठमा घरबाट फर्किने क्रममा रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार भएको थियो ।

घाइते कुशवाहाको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए । जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले आफूमाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसिबीका कारण गोली प्रहार गर्‍यो ।’ यही मृत्युकालीन भिडिओलाई आधार मानेर प्रहरीले मुद्दा दर्ता गरी खोजविन सुरु गरेको थियो ।

सोही क्रममा विराटनगरमा लुकेर खेतीपाती सुरु गरेका पूर्व सेनाका जवानसमेत रहेका कुशवाहालाई पक्राउ गरेको हो ।

Comment


Related News