२०८१ मंसिर १४, शुक्रबार १७:४२

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले अनिल साहलाई कप्तान बनाएको छ।

भोलिदेखि सुरु हुने लिगमा ८ टोली रहेका छन्। तीमध्ये ७ टोलीमा मार्की खेलाडीलाई नै कप्तान बनाउँदा जनकपुरले भने साहलाई कप्तानी सुम्पिएको हो।

अन्य कप्तानहरुमा कर्णाली याक्समा सोमपाल कामी, सुदूरपश्चिम रोयल्समा दीपेन्द्र सिंह ऐरी, लुम्बिनी लायन्समा रोहित पौडेल, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, चितवन राइनोजमा कुशल मल्ल, काठमाडौं गोर्खाजमा करण केसी र विराटनगर किंग्समा सन्दीप लामिछाने छन्।

जनकपुरको मार्की प्लेयरमा आशिफ शेख रहेका छन्।

शुक्रबार त्रिवि क्रिकेट मैदानमा आठै टोलीका कप्तान पुगेका थिए। सो क्रममा मैदानमा नेपाल क्रिकेट संघ क्यानले आठै टोलीका कप्तानसहित लिग ट्रफी सार्वजनिक गरेको छ।

Comment

Related News

Latest News

Trending News