अपडेट 
२०८१ मंसिर १५, शनिबार ०७:२३

भूमिगत सशस्त्र समूह जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले कसैलाई कुनै प्रकारको धम्की नदिएको दाबी गरेका छन् ।

गृहमन्त्री राजकुमार लेखीले गोइतबाट चन्दा मागेको र धम्की आएको अभिव्यक्ति दिएपछि गोइतले आरोप सत्य नभएको दाबी गरेका छन् । जनकपुर टुडेसितको संक्षिप्त प्रतिक्रियामा उनले भने, मन्त्री लेखक आफ्ना जिल्लावासी रहेको दशैंको बेला शुभकामना आदानप्रदान भएको र त्यस बखत नै चन्दाको विषयमा चर्चा भएको थियो । ‘चन्दा दिन नमिल्ने मन्त्रीजीले बताउनु भयो’ गोइतले भने, त्यसपछि हामी चुप लाग्यौँ ।

तीन वर्षदेखि निस्क्रिय रहेको जनाउँदै अध्यक्ष गोइतले भने, कसैले धम्की दिएर चन्दा मागेको भन्नु सत्य होइन । लेखी र आफूसँगै नेकपा एमालेमा रहेकाले पुरानै चिनजान भएको उनले बताए ।

Comment


Related News