२०८१ मंसिर १७, सोमबार ०९:४९

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ को अध्यक्ष उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

आइतबार साँझ भएको मतगणना अनुसार एमालेका सकिबुल खाँ ६३१ मत ल्याएर विजयी बनेका हुन्।

नेकपा माओवादी केन्द्रकी आइती कुमारी यादवले ५३४ मत र कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत ल्याए।

यसअघि २०७९ को चुनावमा यहाँ माओवादी केन्द्रका मुकेशकुमार यादव वडाध्यक्ष भएका थिए। त्यो बेला कांग्रेसका मोहम्मद जनिफ खाँले ३७५ मत पाएका थिए।

त्यस्तै अहिले एमालेबाट जितेका सकिबुल खाँ यसअघि जसपाबाट उठेका थिए। त्यो बेला सकिबुल खाँले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत पाएका थिए।

Comment

Related News

Latest News

Trending News