२०८१ मंसिर १९, बुधबार ०८:४०

चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्।

मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा सीले नेपालको आर्थिक समृद्धि र विकासका लागि आर्थिक सहायता गर्ने बताएका हुन्।

भेटका क्रममा चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले जानकारी दिए।

उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए।

‘प्रधानमन्त्रीज्यूले नेपाल र चीनको सम्बन्ध सार्वभौमकिता,राजनीतिक स्वतन्त्रता,आपसी समझदारी र विश्वासमा आधारित रहेको बताउनुभयो,’ ढकालले भने।

भेटका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट निम्तो पनि दिएका थिए।

Comment

Related News

Latest News

Trending News