अपडेट 
२०७६ चैत्र २४, सोमबार १०:१६

जनकपुरधाम । प्रदेश सरकारले स्थापना गरेको कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिभिल बैंकले पाँच लाख रुपैया सहयोग गरेको छ ।

बैंकका जनकपुर स्थित कार्यालयका प्रतिनिधिहरुले आज मुख्यमन्त्री लालबाबु राउतलाई पाँच लाखको रकम ट्रान्सफर डिटेल हस्तान्तरण गरेका हुन ।

यस अघि कोषमा, मेगा बैंक ,गण्डकी विकास बैंक, कुमारी बैंक ,माछापुछे बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक , सिटिजन्स बैंक , सिद्धार्थ बैंक , सिभिल मल लगायतका संघ संस्थाहरुले रकम सहयोग गरि सकेका छन ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकको जनकपुर शाखामा कोरोना भारइस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष नामक खाता संचालनमा ल्याई सहयोग गर्न अपील समेत गरेको छ । कोषको खाता नं. १२२०५०३०००००१ रहेको छ ।

Comment


Related News

Latest News

Trending News