७६ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस देशभरि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
सो क्रममा मंगलबार सिरहाको मिर्चैया नगरपालिकाले पनि विभिन्न कार्यक्रम गरि दिवस मनाएको छ । मिर्चैया नगरपालिकाका प्रमुख श्रवण कुमार यादव र अन्य सरकारी तथा गैरसरकारी कार्यालयहरुले संयुक्त रुपमा विहान र्याली निकाल्नुका साथै दिउँसो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा मेयर यादवले मानव अधिकारका कुरामा आफू र आफ्नो पालिका सदैव गम्भिर रहेको जनाए । उनले नगरपालिकाभरि कुनै किसिमको मानव अधिकार हनन हुने क्रियाकलाप हुन नदिन र कसैले गरेमा तुरुन्त कानुनी कारबाही गर्ने जनाए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, संविधान सभा सदस्य जगत यादव, नरहा गाउँपालिकाका अध्यक्ष रामप्रमोद यादव, जिल्ला अदालतका श्रेस्दार राजकुमार आचार्य, मिर्चैया गाउँपालिकाका उप प्रमुख जिबछी देवी साह, एसपी रमेश पण्डितलगायतको उपस्थिती रहेको थियो ।