२०८१ मंसिर २९, शनिबार १६:३४

नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सलाई चितवन राइनोजले पराजित गरेको छ।

जनकपुरको यो हार सँगै विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन्।

शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो।

जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ। चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन्। चौथो स्थानमा रहेको कर्णालीको ८ अंक रहेको छ। एक खेल खेल्न बाँकी विराटनगर र पोखराले बाँकी रहेको १ खेल जितेपनि ६ अंक मात्र हुनेछ। र, उनीहरुको शीर्ष ४ मा पर्ने सम्भावना नरहेको हुँदा दुवै टोली बाहिरिएका हुन्।

चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हुदै १ सय ४८ रन मात्र बनाउन सक्यो। जनकपुका लागि जिमी निशमले सर्वाधिक ६५ रन बनाए। उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गरे। प्रतियोगिताको पहिलो अर्धशतक निशमले १८ बलमा पूरा गरेका थिए। प्रतियोगितामा यो सबैभन्दा कम बलमा बनेको अर्धशतक हो। यसअघि विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेका थिए।

आसिफ शेख २३ रन बनाउँदै अमरसिंह राउटेलाको बलमा आउट भए। शुभल कसांकार १५ तथा मोहम्मद मोहसिन १३ रनमा आउट भए। बासिल हमिदले १४औं ओभरमा २४ रन खर्चिएपछि खेल खेल जनकपुरको पक्षमा गएको थियो। तर, १५औं ओभरमा सोहल तन्भिरले जिमी निशम सहित २ विकेट लिए पछि जनकपुर हार तर्फ पुग्यो।

चितवनका लागि सोहेल तन्भिर र कप्तान कुशल मल्लले समान २ तथा रिजन ढकाल र अमरसिंह राउटेलाले समान १ विकेट लिए।

यस अघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको हो।

कप्तान कुशल मल्ल र रवी बोपारले शतकीय साझेदारीमा खेले।

चितवनका कुशलले सर्वाधिक ७२ रन बनाए। ४१ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गरे। रवीले ४४ रनको योगदान दिए। यी दुई ब्याटरबीच चौथो विकेटका लागि ११३ रनको साझेदारी भएको थियो। कुशल १८.४ ओभरमा जिम्मी निसमको फुट टस बल प्रहार गर्ने धुनमा जनकपुरका कप्तान अनिलबाट क्याच आउट भए। रवी अन्तिम ओभरमा अनिलबाटै क्याच आउट भए।

बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एकएक विकेट लिएका थिए ।

Comment


Related News