अपडेट 
२०७६ चैत्र २५, मंगलवार ०९:५७

काठमाण्डु । कोरोना भाइरसको संक्रमण( कोभिड–१९) नियन्त्रणका लागि सरकारले लकडाउनको अवधी दोस्रो पटक थप गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले बन्दाबन्दी(लकडाउन)लाई वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि अन्तरराष्ट्रिय सीमानाका २०७७ साल वैशाख ३ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जनाए ।

सरकारले संक्रमण रोगसम्बन्धी ऐन, २०२० अनुसार पहिलो पटक चैत ११ देखि १८ गते राति १२ बजेसम्मका लागि लकडाउन थप गरेको थियो । नाकाहरु बन्द गरे पनि ढुवानीलाई भने कायमै राखेको छ ।

क्वारेनटाइनमा १४ दिन बसेका संदिग्घ व्यक्ति ¥यापिड डाइनाष्टिक टेष्ट गरेर छाड्ने तर त्यसपछि पनि सात दिन अनिवार्य होम क्वारेनटाइनमा बस्नुपर्ने बाध्यकारी व्यवस्था गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा नरहेका मन्त्रीहरुलाई कोरोना रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गर्ने थप जिम्मेवारी दिएको छ ।

श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई प्रदेश नं. २ को सरकारसँग कोरोना नियन्त्रण सम्बन्धमा समन्वय गर्ने जिम्मेवारी सरकारले तोकेको छ ।

Comment


Related News

Latest News

Trending News