रामपरिदेवी ठाकुरको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–५ का अन्दाजी वर्ष ५० का सरगमलाल पासमान रहेको प्रहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार आरोपित पासमानको घरबाट मृतकले लगाएको निलो ्रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बरामद भएको छ । मृतक रामपरिदेवी ठाकुर आरोपित सरगम लाल पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक उनीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, उनको रामपरिदेवी ठाकुर घटनास्थलतर्फ गएको पछि प्रतिवादी सरगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएको छ ।
आरोपित सरगमलाल पासमान सुत्ने कोठामा सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा उनले नै प्रयोग गर्ने गरेको रगत लागेको निलो रङको फुल पाईन्ट थान–१, रगत लागेको हरियो रङको भेष्ट थान–१, रगत लागेको पहेलो रङको ज्याकेट थान–१ समेत बामद भएको, उनको हातमा कानमा काटिएको घाउ रहेको समेतका आधारबाट निज सरगमलाल पासवानले नै रामपरिदेवी ठाकुरलाई कर्तव्य गरि मारेको पुष्टि हुने देखिएको अनुसन्धानबाट खुलेको धनुषा प्रहीका प्रहरी उपरिक्षक भुवनेश्व्र तिवारीले जनाए । उनले सो घटनामा अन्य व्यक्तिको संलग्नता रहे÷नरहेको सम्बन्धमा समेत विभिन्न आयामबाट अनुसन्धान भइरहेको बताए ।
बरामद सामग्रीहरु परिक्षणको लागि पठाइएको, शव परिक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको उनले बताए । धनुषाको विदेह नगरपालिका–५ स्थित मुडिबा टोलकी अन्दाजी ४० वर्षीया ठाकुर मंसिर १८ गते हराएकी थिइन् । घाँस काट्न भन्दै हिँडेकी उनी नफर्किएपछि परिवारजनले अर्को दिन प्रहरिमा खबर गरेका थिए । खोजतलासी गर्ने क्रममा धनुषा प्रहरिले शहीदनगर नगरपालिका वडा नम्ब ७ स्थित शिवनारायण मण्डलको धान खेतमा घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो। शव फेला परेको ठाउँबाट २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउकोको भाग फेला परेको धनुषा प्रहीले जनाएको छ ।