२०८१ पुष ३, बुधबार १३:५३

लोकतान्त्रिक समाजवादी पार्टीले ८ केन्द्रीय सदस्य थप गरेको छ। अध्यक्ष महन्थ ठाकुरले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्।

मनोनीत हुनेमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन्।

योसँगै लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय बनेको छ।

Comment

Related News