अपडेट 
२०७६ चैत्र २५, मंगलवार २२:१९

महेन्द्रनगर । महेन्द्रनगरस्थित  अमृता सप्लायर्सका संचालक विरेन्द्र साहले राहतको सामाग्रीमा कम तौल दिनुको साथै कालोबजारी गरेको आरोपमा चैत २५ गते प्रहरीले गिरफतार गरेका छन् ।


धनुषाको गणेशमान चारनाथ नगरपालिकाको लागि १५०० पोका राहत प्याकिंग गर्ने जिम्मा पाएका अमृता सप्लयार्सका संचालक वीरेन्द्र साहले कम वजन गर्नुको साथै कालोबजारी गरेको भन्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले गिरफतार गरेको हो ।


राहतमा नगरपालिकाले १० किलो चालम, २ किलो आलू, १ किलो नुन, १ किलो दाल, आधा किलो तेलको राहत पोकाको अर्डर पाएका अमृता सप्लायर्सले सबैमा समान कम गरी दिएको भन्दै पक्राउ गरिएको हो ।


गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले कर्मचारीको टोली सहित समान लोड गर्न पठाएका थिए । प्रशासनको अगाडी नै तौल गर्दा समानहरुमा तौल कम भएपछि पक्राउ गरिएको हो । हिजो मात्र गणेशमानचारनाथ नगरपालिकाको बरमझियामा राहत बाँडने क्रममा केही जागरुक युवाहरुले तौल गर्नको लागि भनेका थिए । तौल गरेपछि चामल, दालमा कम्तीमा पनि ३०० ग्राम गरी कमी देखिएको थियो ।


चैत २५ गते नै गणेशमान चारनाथका मेयर रामवावु यादवले विहान ११ बजे फोन गरि संचालक साहलाई राहतमा कम तौल भएको जानकारी गराउनुभएको थियो । जानकारी पश्चात पनि पुनः गरिएको प्याकिँगमा समेत समानको तौल कम भएपछि प्रहरीले संचालक साहलाई गिरफतार गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले संचालक साहलाई पठाउनका लागि टिपरमा लोड गरि सकेको समान तौल गर्दा कम भएपछि गिरफतार गरेका हुन् ।


गणेशमान चारनाथ नगरपालिकाले वितरण गर्ने भनिएको १५०० पोका अर्डर गरिएकोमा ९०० पोका वितरण गरिसकेको छ भने मात्र ६०० पोका वितरणको लागि बाँकी रहेको थियो । वितरण गरिएका सबैमा राहत समाग्रीको तौल कम थियो । मेयर यादवले चिसापानीमा समेत तौल गर्न लगाउँदा त्यहाँ पनि पोकामा कम भएपछि शंका लागेको बताउनुभयो । सो क्रममा प्रहरीले सोधपुछ गर्दा स्टोरका कर्मचारीले मिस्टेक गरेको हुन सक्ने प्रतिक्रिया दिएका थिए ।


इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्स्पेक्टर पप्पु कुमार नायकका अनुसार प्याग गरिएको सबै पोकामा ३०० देखि ४०० ग्राम चामल थियो । १० किलो चालमको लागि भनिएपनि तौल गर्दा ९ किलो मात्रै भएपछि संचालकलाई कालोबजारी गरेको आरोपमा गिरफतार गरेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News