अपडेट 
२०७६ चैत्र २६, बुधबार १३:२३

जनकपुरधाम । कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले प्रदेश सरकारलाई एक सय थान पिपिई हस्तान्तरण गरेको छ ।


सबै भन्दा बढी आवश्यकता रहेको पिपिई एनएमबी बैंकका निक्षेप प्रबन्धक मिथिलेश कुमार झा सहितको टोलीले आज विहान मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री निवासमा हस्तान्तरण गरेका छन ।


हस्तान्तरणमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, चिकित्सकीय सल्लाहकार समूहका डा. राम केवल साह सहितको उपस्थिति रहेको थियो ।
एनएमबी बैंकले उपलब्ध गराएको सामग्रीहरुमा एक सय थान गुणस्तरीय पिपिई, जुत्ता, मास्क, सेनिटाइजर सहितको एक सय सेट रहेको छ ।

Comment


Related News

Latest News

Trending News