अपडेट 
२०८१ पुष १०, बुधबार ०८:०५

रौतहट जिल्लाका सिमानाकामा लगाइएको चारपांग्रे सवारी साधन रोक, अधुरो पुल निर्माण, र जिल्लाको समग्र विकासका मुद्दाहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरिने भएको छ ।

नेकपा एमाले रौतहट क्षेत्र न. १ का सांसद प्रत्याशी र रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको नेतृत्वमा हुने उक्त भेटघाटमा जिल्लाका प्रमुख समस्या र तिनको समाधानका उपायहरूमा ध्यानाकर्षण गराएका छन् । रौतहट जिल्लाका विभिन्न सिमानाकाहरूमा चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइएपछि त्यसले स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ । जनताले दैनिक यात्रामा समस्या भोग्नुका साथै व्यापार र आर्थिक गतिविधिमा पनि प्रत्यक्ष असर परेको छ ।

यसका साथै, बागमती नदी र बकैया नदीमा बनिरहेका पुलहरू अझै अधुरो अवस्थामा छन् । पुल निर्माण अधुरो हुँदा सवारी साधनको आवागमनमा अवरोध सिर्जना भएको छ भने मानिसहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्दा समय र लागत दुवैमा वृद्धि भएको छ । रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले भनेका छन्, “जिल्लाका समस्या अब दिगो समाधानतर्फ जानुपर्छ । यातायात रोक हटाउनुका साथै अधुरा विकास आयोजनाहरू पूरा गर्न सरकारको ध्यानाकर्षण आवश्यक छ ।”

नेता गुप्ताले पुल निर्माण कार्यलाई तीव्रता दिन र जिल्लाका अन्य विकास आयोजना अघि बढाउन शीघ्र पहल गरिनुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News