अपडेट 
२०८१ पुष १०, बुधबार ०८:११

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको राजीनामा माग गर्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।

सर्लाही कांग्रेसमा लामो समयदेखि आन्तरिक विवाद चल्दै आएको छ ।सभापति सिंहविरुद्ध उपसभापति नविन प्रसाद अधिकारीको नेतृत्वमा केही पदाधिकारी समेतले उजुरी दर्ता गराएका छन् ।

सर्वोच्च अदालतले सिंहलाई भ्रष्टाचारी ठहर गरेकाले उनलाई सभापति पदमा राख्न नहुने माग अधिकारीले गरेका छन् । देशको अन्तिम न्यायालयबाट दोषी ठहर भइसकेका सभापति सिंहलाई पार्टीले तत्काल कारवाही गर्न समेत माग गरेको छ ।

सभापति सिंहका भाई वीरेन्द्र प्रसाद सिंह प्रदेश सभासद र काँग्रेस प्रदेश समितिका उपसभापति हुन् । ‘राजनैतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को (ख) विपरीत तथा नेपाली कांग्रेसको नवौँ संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ को (ङ) अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको साधारण सदस्यता नरहने ब्यहोरा उल्लेख छ । केन्द्रीय कार्यालय गम्भीर नभए धर्ना, रिले अनसनलगायतका दबाबमूलक कार्यक्रम गर्ने अधिकारीले चेतावनी दिए ।

Comment


Related News

Latest News

Trending News