अपडेट 
२०७६ चैत्र २६, बुधबार १९:४२

विराटनगर । लकडाउनको समयमा औषधि ओसारपसारको पास बनाएर लागुऔषध बेचबिखनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीले बेलबारीबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रदेश २, ००१ प २६७२ नम्बरको मोटरसाइकलमा सवार सिरहाको गोलबजार नगरपालिका-३ का सन्तोष सिंह र मिर्चैया नगरपालिका-५ का विजयकुमार मण्डललाई ३१ ग्राम ६९ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

पक्राउ परेका युवाले मिर्चयाको ७ नम्बर वडा कार्यालय र कर्जन्हा नगरपालिका-२ बाट सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय सिरहाबाट सवारी पास बनाएका थिए। जिल्ला प्रशासन कार्यालयले चैत २५ देखि २७ चैतसम्म मिर्चैयादेखि दमकसम्मका औषधि ओसारपसार गर्नका लागि सवारी पास दिएको थियो।

लकडाउनको समयमा राति साढे ७ बजे बेलबारी नगरपालिका-३ बाट शङ्‍कास्पद देखिएपछि चेकजाँच गर्दा ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार पक्राउ परेका दुवैजनाले झापाको दमकबाट खरिद गरेर ल्याएको बयान दिएका छन्।

Comment


Related News

Latest News

Trending News