२०८१ पुष १४, आईतवार १९:०३

सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गते धोती दिवस मनाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाउन लागिएको हो।

प्रवक्ता शरदसिंह यादवका अनुसार पुस १७ गते सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने  गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।

Comment

Related News