अपडेट 
२०७६ चैत्र २७, बिहीबार ११:११

 काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३२ जनाको मृत्यु भएको छ भने ७७३ नयाँ संक्रमण देखिएका छन्।
योसँगै भारतभर विभिन्न ठाउँ गरी कुल १ सय ६६ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ७ सय ३४ जना संक्रमित छन्।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै भारतमा २१ दिनको लकडाउन गरिएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरिएको लकडाउन बढ्नसक्ने बताएका छन्।

बुधबार भिडियो कन्फ्रेन्समार्फत् एक सर्वदलीय बैठकमा मोदीले भनेका थिए, ‘यो संकट एकैपटकमा सकिने देखिएको छैन। त्यसैले, अगाडि पनि लकडाउन हुने सम्भावना छ।’ प्रधानमन्त्री मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँगको छलफलमार्फत् निर्णय लिने बताएका छन्।

हिजोमात्रै भारतको सर्वोच्च अदालतले कोरोना संक्रमणको परीक्षणलाई लिएर निर्णय गरेको थियो। अदालतले देशैभर कोरोना संक्रमणको परीक्षण निशुल्क हुनुपर्ने र निजी ल्याबहरुलाई सरकारले पैसा दिनुपर्ने निर्णय गरेको थियो।
पछिल्ला हप्ताहरुमा निजी ल्याबहरुले कोरोना संक्रमणको परीक्षणलाई लिने गरेको ४ हजार ५ सय रुपैयाँविरुद्ध अदालतमा मुद्दा परेको थियो। यही मुद्दाको सुनुवाई गर्दै अदालतले कोरोना संक्रमणको परीक्षण निशुल्क हुनुपर्न निर्देशन दिएको छ।

Comment


Related News

Latest News

Trending News