अपडेट 
२०८१ पुष २३, मंगलवार ०७:३५

सुनचाँदी व्यवसायीहरुले स्थानीय प्रहरी प्रशासनविरुद्धमा पसल बन्द गरेर आन्दोलनमा उत्रेका छन् ।

जनकपुरधाममा सोमबार सुनचाँदी व्यवसायी संघले प्रहरीले दुईजनालाई प्रक्राउ गरेको विरुद्धमा सुनचाँदी पसलहरु बन्द गरेका हुन् । सुनचाँदी पसलमा कार्यरत रहेका दुईजना कर्मचारीलाई पक्राउ गरेको विरोधमा सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन् । सबै प्रक्रिया पूरा गरेर आफूहरुले सामान बेचे पनि प्रहरी प्रशासनले दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेर आन्दोलनमा उत्रनुपरेको सुनचाँदी व्यवसायी संघका उपाध्यक्ष राजीव कुमार चन्दनले जानकारी दिए ।

एक महिना अघि एक ग्राहकले महालक्ष्मी ज्वेलर्स र अमरनाथ गुप्ताको जेवर ज्वेलर्सबाट बिलसहित करिब ९ लाख मूल्य बराबरको साढे ६ तोला सुन बिक्री गरेको कार्यरत चन्दनले बताए । त्यसपछि अपराध अनुसन्धान महाशाखामा सो सुनको गरगहनासहितको सामान चोरीको रहेको भन्दै उजुरी परे पछि प्रहरीले सोधपुछका लागि महालक्ष्मी ज्वेलर्समा कार्यरत गुरुदयाल ठाकुर र जेवर ज्वेलर्समा कार्यरत सुभाष साहलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले सोमबार ती दुबै जनालाई पक्राउ गरेर अनुसन्धानका लागि काठमाण्डु लगिएको उनले बताए ।

आन्दोलनरत्त सुनचाँदी व्यवसायीहरुले पक्राउ परेका दुबै जनालाई तुरुन्त रिहाइ गर्न मागसमेत गरेका छन् । उपाध्यक्ष चन्दनले बिलसहितको सुन व्यवसायीले बिक्री गरे पनि प्रहरीले चोर झैँ पक्राउ गरी सुनचाँदी व्यवसायीमाथि आरोप लगाउनु दुर्भाग्य रहेको बताउँदै उनले बिना सर्त पक्राउ परेकालाई ससम्मान रिहाई गर्न माग गरे ।

Comment


Related News

Latest News

Trending News