अपडेट 
२०७६ चैत्र २७, बिहीबार १७:३८

नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेपछि आम नागरिकमा झनै त्रास फैलिएको छ । प्रदेश २ लाई कोरोनाको उच्च जोखिम रहेको प्रदेशको रुपमा हेरिएको छ । कोरोना संक्रमण रोकथाम गर्न प्रदेश सरकारको तयारी, संघीय सरकारको सहयोगलगायतका विषयमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानी :

प्रदेश २ लाई कोरोना संक्रमणको इपिसेन्टरको रुपमा पनि हेरिएको छ । संक्रमण रोकथाम गर्न प्रदेश सरकारको तयारी कस्तो छ ?

प्रदेश २ कोरोनाको लागि जोखिमपूर्ण रहेको हामीले पनि महसुस गरेका छौं । यहाँको अवस्थिति, सीमानाका साथै सबैभन्दा बढी जनशक्ति रोजगारको लागि बाहिर जाने यहि प्रदेश हो । त्यसैकारण हामी सुरुदेखि नै कोरोनाबारे गम्भीर छौं। कोरोनाको हल्ला चलेदेखि हामी विभिन्न मन्त्रालयमार्फत तयारीमा जुटिसकेको थियो । कोरोनालाई लिएर ‘लकडाउन’ हुनुअगाबै हामीले सबै जिल्ला प्रशासन कार्यालयलाई ५०/५० लाख रुपैयाँ पठाइ सकेका थियौं । जिल्लाको आवश्यकतााअनुसार सामान खरिद गर्न सरकारले आठै जिल्ला प्रशासन कार्यालयलाई पैसा पठाएको थियो ।

कोरोना संक्रमण रोकथाम गर्न सबैभन्दा बढी जनचेतनाको आवश्यक्ता छ । स्थिति भयावह हुनसक्ने हाम्रो अनुमान थियो । मुलुकले आज न भोलि ‘प्रिकौसन’ लिन्छ हामीलाई थाहा थियो । हामीले पहिले नै यसको लागि काम सुरु गरिसकेका थियौं । जिल्ला स्वास्थ्य कार्यालयमार्फत जनचेतासम्बन्धी काम सुरु भइसकेको थियो । आवश्यक्ताअनुसार सामान खरिद गर्न प्रत्येक अस्पतालमा हामीले पैसा पठाइ सकेको थियौं । क्वारेन्टाइन, आइसोलेसन वार्ड बनाउन प्रदेश सरकारले ‘लकडाउन’ पूर्व अस्पतालहरुलाई पैसा पठाइ सकेको थियो ।

प्रदेश २ को सरकार सुरुदेखि आफ्नो स्रोतसाधन प्रयोग गरेर कोरोना रोकथाममा जुटिसकेको छ । अहिले पछिल्लो चरणमा हामी छुट्टै कोरोना अस्पताल बनाउन निर्णय गरिसकेका छौं र कोरोना अस्पताल बनाउनतर्फ लागेका छौं । हामीले जतिसुकै भाषण गरेपनि काम गर्ने डाक्टर र स्वास्थ्यकर्मी नै हुन् । त्यसैले उहाँहरुको मनोबल बढाउन उपकरण, सेनेटाइजर, पीपीइ सबै अस्पतालहरुमा पठाइ सकिएको छ । कोरोना महामारीको सामना गर्न प्रदेश सरकार अहिले पूर्ण रुपमा तयार भइसकेको छ ।

तपाईंले त अस्पतालहरुलाई सामान पठाइसकिएको भन्नुहुन्छ तर, कतिपय डाक्टर र स्वास्थ्यकर्मीहरुले सामान उपलब्ध नभएको गुनासो गरेका छन नि ?

कुनैपनि अस्पतालमा पीपीईको कमी छैन् । सबै अस्पतालमा पुगिसकेको छ । बहाना गर्ने हो भने छुट्टै कुरा हो । प्रदेशको सबै अस्पतालमा पीपीई छ, सेनेटाइजर पुगिसकेको छ । सर्जिकल मास्क र डाक्टरले प्रयोग गर्ने मास्क सबै अस्पतालमा हामीले पठाइ सकेका छौं ।

हर्नुस त सुरक्षाकर्मी कसरी खटिरहेका छन् । तपाईं हामी घरमा छौं । अहिले रोडमा घुम्ने को हो ? सुरक्षाकर्मीहरु छन् । सबैलाई घरमा बस्न उनीहरु मानिससँग पिटापिटी गरिरहेका छन् । मानवअधिकार उल्लंघन भएको भन्दै निलम्बनमा समेत परेका छन् । यो अवस्थामा ‘स्टेट’ ले काम गर्ने जिम्मेवारी पूरा गर्नै पर्दछ । अन्य प्रदेशभन्दा प्रदेश २ स्वास्थ्यकर्मीको हकमा सबैभन्दा बढी संवेदनशील छ ।

त्यसो भए उहाँहरुले वाहानामात्रै गरेको हो त ?

मलाई लाग्छ कि कसैले त्यस्तो कुरा गर्नुहुन्छ भने त्यो बहानामात्र हो। भर्खरै मैले सचिवज्यूसँग रिपोर्ट लिएको छु सबै अस्पतालमा आवश्यक सामग्री पठाइ सकिएको भन्नु भएको छ । संघीय सरकार वा अन्य निकायबाट आएका पिपिई लगायतका उपकरण हामीले अस्पतालहरुमै पठाउने गरेका छौं । तर, त्यही अस्पताले भन्छ हामीसँग केही छैन भने त्यसलाई के भन्नु हुन्छ ।

पछिल्लो पटक तपाईं निजी अस्पतालप्रति साह्रै असन्तुष्ट देखिनु भएको थियो नि ?

मेरो त्यो असन्तुष्टि अझपनि यथावत छ । संकटको घडीमा जनताको सेवामा उपयोग हुनसकेन भने त्यस्तो अस्पतालको के औचित्य ? हामीले भयावह अवस्थाको सामना गर्नु परिरहेको छ । यस्तो अवस्थामा पनि निजी अस्पताल नर्सिङहोमहरुले सहयोग नगरे त्यसको के काम ? यहि देशको कानुन नियमअनुसार सुविधा लिने, अस्पताल खोलेर पैसा कमाउन तर यस्तो संकटको घडीमा काम गर्दैन भने यो कुर्सीमा बसेर निर्णय गर्नुपरे के गर्छ होला ? बिरामी उपचार नगर्ने अस्पतालमाथि ‘क्रिमिनल केस’ फाइल गर्नु पदर्छ ।

बिरामी नजाँच्ने अस्पताललाई कारबाही गर्न तपाईंहरुले सर्कुलर नै जारी गर्नु भएको छ । के कति कारबाही भएको छ ?

हामीले सबै जिल्लाका सीडीओलाई त्यस्ता अस्पताललाई कारबाहीको दायरामा ल्याउन भनेका छौं । अहिले त केहो भने जुन किसिमको ‘ब्युरोक्रेटिक कोअपरेशन’ हुनुपर्ने हो त्यो भएको छैन् । यहाँका स्वास्थ्यकर्मी र डाक्टर उहाँहरुको जीवनको रक्षा गर्नु, सुविधा उपलब्ध गराउनु हाम्रो पहिलो दायित्व हो । कोरोनाको कुरा अहिले आएको छ तर मुटु, किडनी, सामान्य रुघाखोकी, ज्वरोलगायतका कारणले मानिस अस्पताल पुग्ने गरेको छ । तर, कोरोनाकै बहाना बनाएर उपचारै नगर्नेलाई के भन्ने ? फ्रन्टलाइनमा काम गर्नेहरुलाई शतप्रतिशत भत्ता दिनेपनि कुरा भइरहेको छ । कोरोनोकै कारण कुनै समस्या देखिए अलगै होटलमा राख्ने व्यवस्थापनि हामी गरिरहेका छौं । जनताको जीवन रक्षागर्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो ।

हर्नुस त सुरक्षाकर्मी कसरी खटिरहेका छन् । तपाईं हामी घरमा छौं । अहिले रोडमा घुम्ने को हो ? सुरक्षाकर्मीहरु छन् । सबैलाई घरमा बस्न उनीहरु मानिससँग पिटापिटी गरिरहेका छन् । मानवअधिकार उल्लंघन भएको भन्दै निलम्बनमा समेत परेका छन् । यो अवस्थामा ‘स्टेट’ ले काम गर्ने जिम्मेवारी पूरा गर्नै पर्दछ । अन्य प्रदेशभन्दा प्रदेश २ स्वास्थ्यकर्मीको हकमा सबैभन्दा बढी संवेदनशील छ ।

मुलुक ‘लकडाउन’ को तेस्रो चरणमा गइसकेपछि गरिब तथा विपन्न ज्यादै समस्यामा देखिएका छन् । उनीहरुको लागि प्रदेश सरकारले के गरिरहेको छ ?

हामीसँग दुई खाले वर्ग कोरोनासँग लडिरहेका छौं । एउटा कोरोना संक्रमणसँग हामी लडिरहेका छौं, त्यसमा सबैजना सचेत हुनु जरुरी छ । अर्को कोरोना जस्तै लडाईं कृषि मजदुर, गरिब, विपन्न, दिउँसो काम गरेर राति खानेहरुले लडिरहेका छन् । यस्ता मानिसहरुको संख्या अन्य प्रदेशभन्दा यहाँ बढी छ । उनीहरुकै लागि हामीले पहिलो चरणमा महानगरलाई २५, उपमहानगरलाई २०, नगरलाई १५ र गाउँपालिकालाई १० लाख रुपैयाँ पठाइसकेका छौं । राहत पाउनुपर्ने सही व्यक्तिको पहिचान गर्न वडाध्यक्षको संयोकत्वमा राजनीतिक दल, सुरक्षाकर्मी, समाजसेवी रहने गरी समिति बनाइएको छ । राजनीतिक भेदभाव हुन नदिन हामीले यस्तो समिति बनाएका छौं । दोस्रो चरणमा पनि पैसा पठाउन हामी तयार छौं, पैसाको कुनै कमी हुन दिँदैनौं । यो प्रदेशभित्र गरिब, असहाय, मजदुर भोको बस्दैन भोको मर्दैनौं ढुक्क भएर बस्नुस ।

संघीय सरकारले कस्तो नीतिले काम गरिरहको छ मैले आफै बुझ्न सकेको छैन् । यद्यपि संघीय सरकारसँग समन्वय र सहकार्यको लागि तयार छौं । उहाँहरुले जे दिइरहनु भए छ त्यसलाई स्वीकार गरेका छौं । दिनलाई अनुरोध गरिरहेका छौं । अहिले संककटको घडीमा कसैमाथि आरोप प्रत्यारोप लगाउने पक्षमा छैनौं ।

प्रदेश सरकारले पैसा पठाइसकेपनि गरिब विपन्नहरुले राहत किन पाउन सकेका छैनन् ?

कसले भन्छ गरिबले राहत पाएका छैनन् । हामीलाई त सबैले पाइसकेको जानकारी पाएका छौं ।

जनकपुरधाम उपमहानगरभित्रै कतिपय गरिब मजदुरले सरकारको राहत पाउन सकेका छैनन् नि ?

अब जनकपुरका गरिब विपन्नले किन पाएनन् यहाँका मेयरलाई सोध्नुस किन भए छैन् भनेर । प्रदेश सरकारले त पैसा पठाइसकेको छ । जनकपुर भनेको प्रदेश होइन नि । सरकारले पठाएको पैसाले गरिबहरुलाई राहत बाँडेर अर्को पैसा मागे हुन्थ्यो नि । हामी पुनः पैसा पठाउन तयार छौं । मुख्यमन्त्रीले गएर त राहत बाँड्ने होइन् । स्थानीय तहले बाँड्ने हो । प्रदेश सरकार सबै खाले सहयोग गर्न तयार छ ।

अहिलेको घडीमा संघीय सरकारसँग कस्तो समन्वय भइरहेको छ?

हामी संघीय सरकारसँग समन्वय गरिरहेका छौं । तर, जुन किसिमको पहलकदमी संघीय सरकारको तर्फबाट हुनुपदर्थथ्यो हुनसकेको छैन् । अहिलको समयमा संघीय सरकारले गरिब, मजदुर तथा असहायहरुको खातामा सोझै १२÷१३ हजार रुपैयाँ पठाइ दिनुपर्दथ्यो । अहिले कुन विकास निर्माणको काम भइरहेको छ ? प्रदेशले कूल बजेटको २ प्रतिशतमात्र पाएको छ । डोनर एजेन्सीदेखि लिएर सबैले संघीय सरकारलाई सहयोग गरेको छ । ७० प्रतिशतभन्दा बढी बजेट त्यहिँ छ । तर संघीय सरकारले केही गरे जस्तो लागेको छैन् । हामीले सीमति स्रोतसाधनका बाबजुद प्रदेशवासीको रक्षा गर्न लागि परेका छौं । जनता नै नबाचे विकास गरेर के गर्ने ? जनताके जिउधनको रक्षा प्रदेश हाम्रो पहिलो दायित्व हुनुपर्दछ ।

तपाईंले भने जस्तो संघीय सरकारले गरेको छ कि छैन?

संघीय सरकारले कस्तो नीतिले काम गरिरहको छ मैले आफै बुझ्न सकेको छैन् । यद्यपि संघीय सरकारसँग समन्वय र सहकार्यको लागि तयार छौं । उहाँहरुले जे दिइरहनु भए छ त्यसलाई स्वीकार गरेका छौं । दिनलाई अनुरोध गरिरहेका छौं । अहिले संककटको घडीमा कसैमाथि आरोप प्रत्यारोप लगाउने पक्षमा छैनौं । कसैलाई औंला ठढ्याएर आफू चोखो बन्ने सोचमा हामी छैनौं । तर, जुन ‘स्ट्राटेजी’ संघीय सरकारले लिनुपर्ने थियो त्यसमा कमी छ । संघीय सरकारभन्दा बढी संवेदनशील भएर प्रदेश सरकारले काम गरिरहेको छ । संघीय सरकारले राष्ट्रिय तहमा नीति बनाउनु पर्दथ्यो तर बनाउन सकेको छैन् ।

भारतले गरे जस्तै संसदीय विकास कोषको पैसा कोरोना रोकथाममा लगाउने कुनै योजना बनाउनु भएको छ ?

हामीसँग पैसा टन्नै छ । पैसाको कमी छैन् । संसदीय कोषदेखि सबै पैसा हामीसँग छ । खर्च नै भएको छैन् । अहिले सबै कोष खाली छ । पैसाले कुनै समस्या हुनेवाला छैन् । तर स्थानीय तहले हामीले दिएको पैसा इमान्दारीका साथ राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर काम गरिदिनु पर्‍यो ।

कोरोना परीक्षणको स्क्रीनिङ रेट कम भएजस्तो लागेको छैन् ?

सही भन्नु भयो, स्क्रीनिङ दर वास्तवमा कम छ । जाँच हामीले त गर्ने होइन नि । प्राविधिकहरुले गर्ने हो । अर्कोकुरा दक्ष जनशक्तिपनि यहाँ कम छ । डाक्टरहरुको पनि कमी छ । काठमाण्डौं गएपछि उहाँहरु यहाँ आउन मान्नु भएको छैन् ।

उपकरणहरु पनि कम छ नि ?

सुरुमा उपकरणहरुको कमी देखिएकै हो । अहिले पहिले जस्तो अवस्था छैन, सबै अस्पतालमा पीपीई पठाइसकेका छौं । ५० वटा भेन्टिलेटर खरिद गर्न मन्त्रिपरिषदबाट निर्णय भइसकेको छ । चाहँदैमा तत्काल खरिद गर्न सकिन्न ।

Comment


Related News

Latest News

Trending News