अपडेट 
२०७६ चैत्र २७, बिहीबार १८:२९

 विराटनगर ।कोरोना भाईरस ( कोभिड १९) को शंकास्पद विरामीको नमूना परिक्षण विराटनगरबाटै गरिने भएको छ । कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परिक्षण गरिने भएको हो ।

विराटनगरबाट कोरोना परिक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश नंं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । परीक्षणका लागि आवश्यक उपकरणहरु र केमिकलहरु विहीबार हेलिकप्टरबाट विराटनगर आईपुगेको मन्त्री घिमिरेले बताए । उनले संभवत भोलीदेखि परिक्षणको तयारी गरिएको बताए ।

कोशी अस्पतालबाट नमूना परिक्षण शुरु भएपछि दैनिक करिव ९६ जनाको नमूना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताए । सुनसरीको धरानबाट दैनिक करिव २० जनाको सम्म नमूना संकलन भईरहेको उनले बताए । नमूना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परीक्षण शुरु गर्न लागिएको सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

विराटनगरबाट गरिने कोरोना परिक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याईएको वीर अस्पताल काठमाण्डौंका जेनेटिक साईन्टीस् तथा कोरोना परिक्षण विज्ञ समूहका वलराम गौतमले बताए । यसैवीच शुक्रबारदेखि प्रदेश नंं १ का क्वारेन्टाईनबाट ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिने भएको छ ।

शुक्रबार झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाईनमा रहेकाहरुको आरडिटी शुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । आरडिटीका लागि प्राविधिकहरुलाई तालिम दिईसकीएको उनले बताए । पहिलो चरणमा ५ हजारको टेष्ट गरिने छ ।

Comment


Related News

Latest News

Trending News